न्यूँ जलपाईगुडीमा रेल दुर्घटना : हेल्पलाइन नम्बर पनि जारी

सिलगढी : कञ्चनजङ्घा एक्सप्रेस आगरतलाबाट सियालदह जाँदै गर्दा न्यूँ जलपाईगुडी पछाडिबाट आएको मालगाडीसँग ठोक्किएको थियो । घाइतेलाई बोगीबाट निकाल्ने काम सुरु गरिएको छ । दुर्घटनापछि आपतकालीन स्वास्थ्य टोली घटनास्थलमा पठाइएको छ भने भारी वर्षाको बीच पनि उद्धार कार्य जारी रहेको छ । रेल दुर्घटनापछि सियालदह रेलवे स्टेशनमा आपतकालीन सहायता डेस्क स्थापना गरिएको छ।

दुर्घटनापछि रेलका धेरै बोगी पल्टिएका छन् भने दुईवटा बोगी एकअर्कामाथि चढेका छन् । सियालदह स्टेशनमा आपतकालीन सहायता डेस्क खोलिएको छ। मानिसहरूले सियालदह हेल्प डेस्क नम्बर ०३३-२३५०८७९४, ०३३-२३८३३३२६ मा कञ्चनजङ्घा रेल दुर्घटनाको बारेमा कुनै पनि जानकारी प्राप्त गर्न सक्छन्।

याे पनि हेर्नुस्


Leave a comment