लंकापाड़ा इको पार्कमा विदेशी पर्यटकको पनि आगमन

कालचिनीः डुवर्सको अलिपुरद्वार जिल्ला अधीनस्थ मदारीहाट बीरपाड़ा खण्डको लंकापाड़ा चियाबारीको स्वरुप विस्तारै फेरिन्दै आइरहेको मानिसहरूले जनाएका छन्। गत पञ्चायत निर्वाचनमा जिल्ला परिषद सदस्यमा निर्वाचित बनेको लंकापाड़ाका युवा समाजसेवी विशाल गुरुङको सहयोगिता र यहाँको स्वयंसेवी संगठन मनोकामना सोसियल वेलफेयर आर्गनाइजेशनको पहलमा लंकापाड़ामा बनेको इको पार्क अहिले चर्चाको विषय बन्दै गइरहेको छ।
सो इको पार्कमा बनभोज खेल्ने एवम् घुम्न आउनेहरूको भीड बढीरहेको क्रममा बिहीबार इङ्गल्यान्डबाट आएका एकहुल पर्यटकहरूले यहाँको सुन्दरताको प्रशंसा गरेको जिल्ला परिषद सदस्य विशाल गुरुङले जनाएका छन्। इङ्गल्यान्डका यूटीएसआईजेआईको एकजना सदस्यले लंकापाडाको आर्ट कोर्दा यसको सुन्दरताको सबैले प्रशंसा गरेको लंकापाडाका बासिन्दाहरूले जनाएका छन्। यता जिल्ला परिषदका सदस्य तथा शासक दलका यूवा जिल्ला सभापति विशाल गुरुङले चुनाउ अघि लंकापाडालाई पर्यटन क्षेत्रमा परिवर्तन गर्ने साथै यहाँ शान्ति बहाल गर्न सबैसँग मिलेर काम गर्ने वाचा दिएको र त्यसलाई आफूले पुरा गर्न काम गरिरहेको जनाएका छन्। तिनले लंकापाडामा रेसोर्ट, स्वीमिङ पुल होमस्टे बनाउन पहल गरिने योजन रहेको पनि थप जनाएका छन्।

याेे पनि हेर्नुस्

Leave a comment