लोकसभा चुनाउको परिणाम पश्चात समीक्षात्मक बैठक सम्पन्न

लोकसभा चुनाउको परिणाम पश्चात समीक्षात्मक बैठक सम्पन्न


कालचिनीः १८औँ लोकसभा चुनाउमा हार र यसको समीक्षा गर्न तृणमूल कालचिनी ब्लक कमिटीको आयोजनामा चुनाउ परिणामलाई लिएर समीक्षात्मक बैठक सम्पन्न भएको जानकारी तृणमूल कालचिनी ब्लक सभापति असिम पाख्रिनले दिएका छन्।
उक्त समीक्षा बैठकमा जिल्ला परिषदका सदस्यदेखि शुरु गरेर पञ्चायत समिति सदस्य, ग्राम पञ्चायत प्रधान, उपप्रधान, पञ्चायत सदस्य, पार्टी पर्यवेक्षक, अञ्चल सभापति र चेयरम्यान, बूथ नेतृत्व एवम् अन्यान्य सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो।
चुनाउको परिणाम बूथदेखि जिल्ला र ब्लकसम्मको रिपोर्ट हेर्दै नेतृत्वहरूसँग आलोचना भएको र विगत २०१९ को लाकसभा चुनाउमा ४५ हजारको अन्तरले पार्टी हारेको थियो भने त्यो दर यसपाली १४ हजारको अन्तरमा आएको र आगामी २०२६ को विधानसभा चुनाउलाई ध्यानमा राखेर पार्टी कार्यकर्ताहरूले काम गर्ने र कमी कमजोरीमाथि ध्यान दिइने र आगामी २१ जुलाईको शहीद दिवस समारोह कलकत्तामा सहभागी हुने विषयमाथि पनि चर्चा भएको ब्लक सभापति असिम पाख्रिनले जनाएका छन्। पछिल्लो लोकसभा चुनाउको परिणामको तुलनामा यसपालीको लोकसभा चुनाउको परिणामले तृणमूलको लोकप्रियता जनतामा बढदै गएको र जनताको जनादेशलाई पार्टीले स्वीकार गर्दै आगामी दिनमा कमी कमजोरीमाथि ध्यान दिएर जनतामाझ अझै सरोकार बढाइने पार्टीको फसेला भएको र जिल्ला नेतृत्वको निर्देश बमोजिम कालचिनी ब्लकमा पार्टी विस्तार र जनसम्पर्क अभियान जारी रहने र आगामी विधानसभा चुनाउलाई ध्यानमा राखेर पार्टीले कार्य योजना तयार गर्ने ब्लक सभापति असिम पाख्रिनले थप जनाएका छन्।

याे पनि हेर्नुस्


Leave a comment