महिला चिया श्रमिकहरूमाझ सेनेटरी नेपकिन वितरण

कालचिनीः मिनस्टुरल हाइजीन डे पालन गर्ने क्रममा मङ्गलवार अपरान्ह समय इन्भोल्भ नामक एउटा स्वेच्छासेवी संस्थाले कालचिनी खण्डको मेचपाडा चियाकमानका महिला श्रमिकहरूमाझ मासिक धर्मबारे सचेतना गर्दै निःशुल्क रिवासेबल अनि रियुजेबल सेनेटरी नेपकिन वितरण गरे। बाला प्रोजेक्टको सहयोगितामा उक्त सेनेटरी नेपकिन वितरण गरिएको इन्भोल्भ संस्थाका प्रमुख रतन लामाले जनाएका छन्। मूलतः चियाकमानमा काम गर्ने महिलाहरूले मिन्सटुरेशनको बेला पनि काम गर्न पर्ने बाध्यता रहेको यस्तो बेला उनीहरूलाई नेपकिनको आवश्यकता पर्ने भएकोले पहिला महिला श्रमिकहरूलाई नै यो सेनेटरी नेपकिन वितरण गरिएको र यसले उनीहरूलाई निकै राहत मिल्ने रतन लामाले बताए।
उक्त नेपकिन पाउने कतिपय महिला श्रमिकहरूले एकपल्ट प्रयोग गर्ने नेपकिनले भन्दा यसले धेरै राम्रो मदत पाउन सक्ने र सित्तैमा नेपकिन दिने दाताहरूलाई धन्यवाद ज्ञापन गरेका छन्।

यो पनि हेर्नुहोस्

Leave a comment