बिरामी उज्ज्वाल विश्वलाई भेट्न पञ्चायत सदस्य सहित गाउँलेहरू पुगे अस्पताल


गाउँले तथा अन्य विभन्न ठाउँहरूबाट सहयोग
बिरामीलाइ उपचारको निम्ति शिशुबाडी बाबुपाडा आयुर्वेदिक अस्पताल पुर्याए


दलसिंहपाडा : बिरामी उज्ज्वाल विश्वको हाल खबर बुझ्न गाउँका पञ्चायत सदस्य कान्छा लामा, पञ्चायत समिति महेन्द्र धमला सहित गाउँलेहरू शिशुबाडीस्थित बाबुपाडा आयुर्वेदिक अस्पताल पुगेका थिए । दलसिंहपाडा रणबहादुर बस्तीका उज्ज्वाल विश्व केही दिन अघि रुखबाट झरेर खुट्टा भाचिएका थिए । उज्ज्वाल विश्वको बाबाको सानैमा मृत्यु भएको र आमा सानैमा छोडेर कहाँ गए कुनै खबर छैन । मावाली घरमा बसेर पढ्दै थिए । मावाली घरको अवस्था पनि नाजुकस्थिति रहेको हुँदा प्राथमिक उपचार गरेपछि घरमा नै राखेका थिए । यस्तो अवस्थामा गाउँका पञ्चायत सदस्य साथै गाउँहरूले मिलेर केही रकम र लता कपडा दिएर सहयोग गरेका थिए भने उक्त खबर माटोकुरी डिजिटलले प्रेशित गरेका थिए । उक्त खबरको असरले केही दाता र एन.जि.ओ.ले असहय परिवारलाई सहयोग गरेका थिए ।
त्यसै सहयोगको आधारमा नै उज्ज्वाल विश्वलाई शिशुबाडी बाबुपाडा आयुर्वेदिक अस्पताल उपचारका निम्ति पुर्याएका छन् । दलसिंहपाडा रणबहादुर बस्ती ग्राम उन्नयन कमिटीको सत्प्रयाशमा केही दिनदेखि पैसा सङ्ग्रह गरेका थिए । सो उठाइएको पैसा आज सबै गाउँलेहरू एकजुट भइ पञ्चायत सदस्य कान्छा लामा र पञ्चायत समिति महेन्द्र धमलाको बाहुलीबाट उज्ज्वाल विश्वको हजुरआमा माया विश्लाई प्रदान गरे । दलसिंहपाडा रणबहादुर बस्ती ग्राम उन्नयन कमिटीका सदस्य नैना राई लामा, महेन्द्र विश्व, केशव छेत्री, मिलन छेत्री, जयप्रसाद राई, केशर छेत्री, आइतसिंह लामा, धनराज राई, शशी लामा, आवान सन्यासी, रतन तामाङ, कुमार गुरुङ, भिम प्रधान, तुल्सीप्रसाद छेत्री, पुष्पा पोख्रेल, बसन्ती तामाङ, सब्नाम लामा, उमावीर गुरुङ, विकास कार्की आदिले सहयोग राशी प्रदान गरेका थिए भने गाउँदेखि बाहिरका शिवम पौडेल सिलङ, सञ्जिव भण्डरी असम, दिपराज थापा दलमोड, श्याम दवडी चेनाइ, शङ्कर निरौला चेनाइ, प्रकाश गौतम असम, गोपाल दवडी असम, रोजिना छेत्री कालेबुङ आदिले बिरामी साथै असक्त परिवारलाई सहयोग राशी प्रदान गरेका थिए । यसरी हाम्रो गाउँका एउटा असहय परिवारलाई गाउँका इस्टमित्र लगयात अन्य ठाउँका मानुभावहरूबाट जुन प्रकारले सहयोग प्रदान गरे त्यसका निम्ति म पञ्चायत मेम्बर साथै सम्पूर्ण गाउँलेको तर्फबाट नै धन्यवाद दिन चाहान्छु भनि ग्राम पञ्चायत सदस्य कान्छा लामाले भने ।


सम्पूर्ण गाउँलेहरूको सहयोगमा नै आज मेरो नाती राम्रो उपचारका निम्ति अस्पताल लान सकेका छौँ भनि बिरामी उज्ज्वाल विश्वका हजुरआमा माया विश्वले भने । हामीले प्रथम दिनमा नै बिरामीलाई केही सहयोग गरेका थियौँ र अझ अन्य स्रोतहरुबाट राशी सङ्ग्रह गरी सहयोग उपलब्ध गराउने बाचा गरेका थियौ सोही अनुसार आज हामीले गाउँ लगायत विभिन्न स्रोतहरूबाट पैसा सङ्ग्रह गरी जम्म बीस हजार रुपियाँ दिन सक्यौ भनि आवान सन्यासीले जानकारी गराए । बिरामीको स्वास्थ्यमा निकै सुधार आएको र घरमा नै राखेर उपचार गरेको भए नानीको खुट्टामा इनफेकसन् हुने थिएछ । नानीलाई पूर्ण निको हुन एक महिना लाग्ने रहेछ । हामीले उपलब्ध गराएको पैसाले मात्र नपुग्ने रहेछ । अझै पैसाको आश्यकता रहेको हुँदा मनकारी सहयोगी मनहरूमा यथाशक्ति सहयोग राशी प्रदान गरी सहयोग गरिदिन हार्दिक आह्वान पञ्चायत समितिका सदस्य महेन्द्र धमलाले गरे । बिरामीलाई सहयोग गर्न चाहानुहुन्छ भने निम्न ब्यङ्क खाता (A/c : 30978418831, IFSC : SBIN0006278 मिलन छेत्री) मा पैसा हाली सहयोग प्रदान गर्न सक्नु हुनेछ ।

Leave a comment