कालचिनीः स्वास्थ्य अनि परिवार कल्याण विभागद्वारा निर्देशित फाइलेरिया नियन्त्रण अभियान अन्तर्गत गत १० फरवरीदेखि आशा, एएनएम र आँगनबारी स्वास्थ्य कर्मीहरू २ बर्षदेखि माथिका जम्मै मानिसहरूलाई फाइलेरियाको औषधि खुवाउन लागि परेको छ।
यो अभियान पश्चिम बंगाल सरकारको स्वास्थ्य अनि परिवार कल्याण विभागको पहलमा सम्पूर्ण गाउँ, सहर अञ्चलमा शुरु गरिएको बताइएको छ। आगामी २८ फरवरीसम्म यो अभियान जारी रहने स्वास्थ्य कर्मीहरूले जनाएका छन्।