जेडीए चेयरम्यानद्वारा विभिन्न विकास कार्यको शिलान्यास

कालचिनीः जयगाउँ डेभलपमेन्ट (जेडीए) चेयरम्यान गंगाप्रसाद शर्माको बाहुलीबाट जयगाउँ क्षेत्रको विकासको निम्ति जम्मा ८ करोड ४९ लाख ४८ हजार ६३१ रुपियाँको लागतमा हुने विभिन्न विकास कार्यको शिलान्यास सम्पन्न भयो। जयगाउँ एक नम्बर ग्राम पञ्चायतको खोक्ला गोटीबारी, भूलन मोड, तोर्षा चियाबारीको ३ नम्बर र बिहीबारे क्षेत्र, बडा मेचे र छोटा मेचे बस्ती आदि गरेर १० ठाउँहरूमा नाला, सडक र कल्भर्टको कामको शिलान्यास गरिएको जेडीए चेयरम्यान गंगाप्रसाद शर्माले जनाएका छन्। उक्त शिलान्यासको अवसरमा जेडीए चेयरम्यान गंगाप्रसाद शर्मा लगायत तृणमूल जयगाउँ एक नम्बर अञ्चल सभापति विष्णु लामा, चेयरम्यान रोशन उराँव, आईएनटीटीयूसी कालचिनी ब्लक सभापति पेमा लामा लगायत अन्यान्य नेतृत्वहरूको उपस्थिति रहेको थियो।
जेडीएमा आफू चेयरम्यान भएपछि प्रायः ४० करोडको विकासमूलक काम भइरहेको र जयगाउँ एक र दुई अनि दलसिंहपाड़ा क्षेत्रको विकासको निम्ति मुख्यमन्त्री ममता ब्यानर्जीको अनुप्रेरणाले चौतर्फी विकासको काम भइरहेको जेडीए चेयरम्यान गंगाप्रसाद शर्माले थप जनाएका छन्।

याे पनि हेर्नु्स्

Leave a comment