कलकत्तामा अबीर खालिङकृत ‘डुवर्स क्लिपिङ्स’ विमोचन

नव सोच र नयाँ विचारसँग लेस भएर ‘डुवर्स क्लिपिङ्स’ आएको छ – कथाकार रुद्र बराल

कलकत्ता- आज कलकत्तामा नारी दिवसको अवसरमा हाम्रो छहारी कलकत्ता, लैनसिंह बाङ्देल साहित्यकला प्रतिष्ठान, कलकत्ता, श्री श्री जानकी माता नेपाली धार्मिक सङ्घ कलकत्ता-को संयुक्त आयोजनामा डुवर्सका वरिष्ठ कवि अबीर खालिङकृत ‘डुवर्स क्लिपिङ्स’ को लोकार्पण गरियो। कलकत्ताको भवानीपुरमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता नारायणप्रसाद होमगाईँले गरेका थिए भने प्रमुख अतिथिको रुपमा उषा अधिकारी नेपाल वाणिज्यदूत रहेका थिए भने विशिष्ट अतिथिमा अभिनेत्री, कथाकार, आकाशवाणीका सेवानिवृत्त समाचार वाचिका देविका मोक्तान, हाम्रो छाहरीको महासचिव सस्तिमा छेत्री, नेपाल-भारत जनमैत्री संघको अध्यक्ष खिमराज बराल, असमका वरिष्ठ कथाकार रुद्र बराल, मङपुका कवयित्री सुभद्र बम्जन, साहित्यकार सञ्जीव गुरुङ, विकाश कार्की, सिक्किमको बबिता राई, गोपाल भित्रीकोटी लगायत कलकत्ताको विभिन्न संघ-संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

अबीर खालिङकृत 'डुवर्स क्लिपिङ्स' विमोचन
अबीर खालिङकृत ‘डुवर्स क्लिपिङ्स’ विमोचन

कार्यक्रममा असममा वरिष्ठ कथाकार,कवि, समालोचक, सम्पादक रुद्र बरालले अबीर खालिङको ‘डुवर्स क्लिपिङ्स’ पुस्तकमाथि आफ्नो विचार राखेका थिए। पुस्तकमाथि बोल्दै वरिष्ठ कथाकार रुद्र बरालले भने- अबीर खालिङको कथाहरू पढेर उहाँलाई उत्कृष्ठ कथाकार पाएँको थिएँ तर आज यो कविता कृति पाउँदा उहाँको कवि व्यक्तित्वसँग पनि परिचित हुन पाएँ। उहाँका कथाहरूझैँ कविता पनि सशक्त र सम्प्रेषणीय छन्। नव सोच र नयाँ विचारसँग लेस भएर ‘डुवर्स क्लिपिङ्स’ आएको छ। कवि अबीर खालिङले पनि ‘डुवर्स क्लिपिङ्स’ बारे आफ्नो कुराहरू राख्दै विमोचित पुस्तकबाट दुईवटा कविता पाठ गरेका थिए।अन्य कवि , कवयित्रीहरूले पनि कविता वाचनसँगै आफ्नो विचार पनि राखेका थिए।

याे पनि हेर्नुस्

Leave a comment