एसएसबीद्वारा विद्यार्थीहरुलाई ऐतिहासिक बक्साफोर्टको भ्रमण

एसएसबीद्वारा विद्यार्थीहरुलाई ऐतिहासिक बक्साफोर्टको भ्रमण


कालचिनी : एसएसबी सिलगढी सीमान्त मुख्यालयको पहलमा दार्जीलिङ पब्लिक स्कूलका ५ जना शिक्षकलगायत ६३ जना विद्यार्थीहरुलाई समेटेर एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालय अधीनस्थ भारत भोटाङ सीमान्त क्षेत्रमा पर्ने ऐतिहासिक बक्साफोर्टको शैक्षिक भ्रमण सम्पन्न गरिएको जानकारी एसएसबी ५३ वाहिनी सुत्रले दिएका छन्।

एसएसबीद्वारा विद्यार्थीहरुलाई ऐतिहासिक बक्साफोर्टको भ्रमण
एसएसबीद्वारा विद्यार्थीहरुलाई ऐतिहासिक बक्साफोर्टको भ्रमण


एसएसबी सिलगढी सीमान्त मुख्यालयको महानिरीक्षक सुधीर कुमारले विद्यार्थीहरुलाई ऐतिहासिक बक्साफोर्टको इतिहास र स्वाधीनता सेनानीहरुबारे अवगत गराउँदै राष्ट्र विकासमा योगदान गर्न प्रेरित गरिएको थियो। उक्त अवसरमा एसएसबी सिलगढी सीमान्त मुख्यालयको उपमहानिरीक्षक डीबी सोनार, एसएसबी ५३ वाहिनीका द्वितीय कमान अधिकारी धीरज कुमार र ३४ वाहिनीका द्वितीय कमान अधिकारी जनार्दन मिश्रा एवम् अन्यान्य अधिकारीहरुको पनि सहभागिता रहेको थियो।
उक्त अवसरमा एसएसबीको पक्षबाट विद्यार्थीहरुलाई स्मृति चिन्ह प्रदान गरिएको थियो भने विद्यार्थी पक्षबाट पनि एसएसबी अधिकारीगणलाई खदा पहिराएर सम्मानित गरिएको थियो।
सोही क्रममा एसएसबी अधिकारीहरुले अन्तर्राष्ट्रिय सम्बन्ध र देश सेवाबारे विद्यार्थीहरुलाई सचेतना पनि गरिएको थियो।

याे पनि हेर्नुस्

Leave a comment