एसएसबीद्वारा मानव अनि पशु चिकित्सा शिविर

एसएसबीद्वारा आयोजित शिविरमा ७० जना गाउँले एवम् ६०० जति घरपालुवा पशुको चिकित्सासितै निःशुल्क औषधि पनि वितरण

कालचिनीः एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको कमान्डेन्ट विजय सिंहको दिशानिर्देशमा मङ्गलवार भारत भोटाङ सीमान्तको खोक्ला बीओपी अन्तर्गत सेन्ट्रल डुवर्स चियाबारीको बासरा डिभिजनमा नागरिक कल्याण कार्यक्रम अनुरूप निःशुल्क मानव अनि पशु चिकित्सा शिविरको आयोजना गरियो। उक्त शिविरमा ७० जना गाउँले एवम् ६०० जति घरपालुवा पशुको चिकित्सासितै निःशुल्क औषधि पनि वितरण गरिएको एसएसबी सुत्रले जनाएको छ।


उक्त शिविरमा एसएसबीका भेटेरेनरी कमान्डेन्ट डा. देवाशीष त्रिपाठीले उपस्थित गाउँलेहरूलाई कोदो अन्नको प्रयोग गर्ने अनि यसको लाभबारे जानकारी पनि दिएको थियो। उक्त शिविरमा आफ्नो स्वास्थ्य एवम् घरपालुवा पशुलाई हेरचाह गर्ने बारेमा पनि एसएसबीको पक्षबाट सचेतना गरिएको थियो।

याे पनि हेर्नुस्

Amazon

OnePlus Nord CE 3 5G

OnePlus Nord CE 3 5G (Aqua Surge, 8GB RAM, 128GB Storage)

Buy Now

Leave a comment