एसएसबीद्वारा भलिबल मैदानको उद्घाटन साथै हस्तान्तरण

एसएसबीद्वारा भलिबल मैदानको उद्घाटन

कालचिनीः एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको कमान्डेन्ट विजय सिंहको प्रमुख उपस्थितिमा नागरिक कल्याण कार्यक्रम अन्तर्गत सेन्ट्रल डुवर्स चियाबारीको हात्तीमारा स्वास्थ्य केन्द्र मैदानमा भलिबल पोष्ट (पोल), नेट, रेफ्री स्ट्यान्ड, बल जडान गरी मैदान तयार गर्दै भलिबल खेल सम्पन्न गरिएको जानकारी एसएसबी सुत्रले दिएका छन्। उक्त भलिबल मैदानको उद्घाटन एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको कमान्डेन्ट विजय सिंहले गरेका थिए र स्थानीय क्लब/ग्रामीण भलिबल टोलीहरूलाई आमन्त्रित गरी भलिबल खेल आयोजना गरिएको थियो। नागरिक कल्याण कार्यक्रम अन्तर्गत सशस्त्र सीमा बलले नवनिर्मित भलीबल खेल मैदान हात्तीमारा र राङ्गामाटी डिभिजनका स्थानीय जनप्रतिनिधि र गाउँलेको उपस्थितिमा हस्तान्तरण गरेको एसएसबी सुत्रले जनाएका छन्। यस पहलको मुख्य उद्देश्य भारत-भोटाङ सीमानाका गाउँले युवा/नागरिकहरूबीच खेलकुद प्रतियोगिता जागृत गर्नु र उनीहरूलाई मूलधारमा जोडेर समृद्ध समाज र वातावरण निर्माण गर्नु र युवाहरूलाई भविष्यमा उच्च आयाममा पुग्न मद्दत गर्नु रहेको एसएसबी सुत्रले जनाएका छन्। सो अवसरमा एसएसबी ५३ बाहिनी खोक्ला बीओपी इन्चार्ज सन्दीपकुमार सिंह साथै स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सीमा क्षेत्रका युवाहरूलाई खेलकुदमा आफ्नो पहिचान स्थापित गर्ने अवसर प्रदान गर्नुका साथै समाजमा लागुऔषधी दुर्व्यसनबाट टाढा रहेर स्वस्थ जीवन जिउन युवाहरूलाई प्रेरित गरिएको थियो। खेलकुदसँगै वाहिनीले सीमावर्ती क्षेत्रका युवा–युवतीलाई रोजगारीमा सहयोग पुऱ्याउनका लागि नागरिक कल्याण कार्यक्रमअन्तर्गत सीप विकास तालिम पनि निरन्तर सञ्चालन गर्दै आएको छ।

याे पनि हेर्नुस्

Leave a comment