मासिक भत्ता वृद्धि लगायत अन्यान्य दाबीहरूमा आशा कर्मीहरूको धरना

मासिक भत्ता वृद्धि

कालचिनीः एकातिर आइतवारदेखि पल्स पोलियो टीकाकरण सर्वत्र हुने तय रहेको छ भने अर्कोतिर शुक्रबारदेखि राज्यभरी नै प्रायः ५० हजार आशा कर्मीहरूले विभिन्न दाबीहरू लिएर धरना प्रदर्शन शुरु गरेका छन्। पश्चिम बंगाल आशा कर्मी यूनियनको आह्वानमा शुक्रबारदेखि राज्यभरी नै उनीहरूको मासिक भत्तामा वृद्धि लगायत आशा कर्मीहरूलाई एनड्रोइड फोन दिनुपर्ने, इन्सेन्टिभको रकम किश्तीमा नदिइ एकैचोटी भुक्तान गरिनुपर्ने र बकाया रकम सबै चुक्ता गरिनु पर्ने, अतिरिक्त कामहरूको उपयुक्त भत्ता प्रदान साथै पल्स पोलियो, फाइलेरिया कामको भत्ता वृद्धि आदिको दाबीमा धरना प्रदर्शन शुरु भएको क्रममा डुवर्सको अलिपुरद्वार जिल्लाको सम्पूर्ण ब्लक अन्तर्गत पर्ने स्वास्थ्य विभाग र अस्पताल अघि आशा कर्मीहरूले धरना प्रदर्शन गरे। यसै क्रममा कालचिनी स्थित उत्तर लोथाबारी ग्रामीण अस्पताल तथा कालचिनी ब्लक प्राइमरी हेल्थ सेन्टरको परिसरमा शुक्रबार कालचिनी खण्डको आशा कर्मीहरूले धरना प्रदर्शन गरेका थिए।
आशा कर्मीहरूले जनाएअनुसार, धेरै लामो समयदेखि वेतनबाट वन्चित हुन परेको र वर्तमान बजटमा सबैको वेतन वृद्धि भत्ता वृद्धिको घोषणा गरिएतापनि आशा कर्मीहरूको लागि केही नगरिएको र आशा कर्मीहरूको कामको प्रशंसा मात्र गर्ने तर गाउँ घर र दैलोमा खटने महिला, प्रसुति र शिशु स्वास्थ्यको लागि समर्पित काम गर्दै आइरहेतापनि केन्द्र र राज्यको बजटमा कुनै उल्लेखसम्म नभएकोले आशा कर्मीहरू दुखित भएको आशा कर्मीहरूले दुखेसो पोखेका छन्। स्वास्थ्य मन्त्री चन्द्रिमा भट्टाचार्यले दिएको आश्वासन मुताबिक केही नभएकोले यतिखेर सम्पूर्ण आशा कर्मचारीहरू निराश बनेका छन्। यता आगामी दिनमा सम्पन्न हुने पल्स पोलियो टीकाकरणको प्रशिक्षणमा सहभागीता नजनाउने र काम बहिष्कार समेतको चेताउनी आशा कर्मीहरूले दिएका छन्।

याे पनि हेर्नुस्

Leave a comment