एसएसबीको आयोजनामा ड्र्ग्स विरोधी दिवस पालन
कालचिनीः बुधबार ड्रग्स विरोधी अर्थात लागुऔषध दुरुपयोग विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा ५३औँ बाहिनी सशस्त्र सीमा बल सिमलाबारी-फालाकाटा, सीमा चौकी जयगाउँको कार्यक्षेत्रमा रहेको श्री गणेश विद्यालय दलसिंहपाड़ाका युवा विद्यार्थीहरूमा लागुऔषध दुरुपयोग र त्यसबाट हुने असरबारे सचेतना कार्यक्रम सम्पन्न भएको जानकारी एसएसबी ५३ वाहिनी सुत्रले दिएका छन्।
लागुऔषध अर्थात ड्रग्स दुर्व्यसनबाट हुने सामाजिक, पारिवारिक, शारीरिक तथा मानसिक हानीबारे सचेतना कार्यक्रममा चर्चा चलेको थियो भने मनोवैज्ञानिक पदार्थ र यसको समाजमा फैलावट र यसको दुरुपयोग र यसबाट हुने सामाजिक दुष्प्रभाव बारे सचेतना गराउन सशस्त्र सीमा बलका जवानहरूसँग स्कूलका विद्यार्थीहरूले सचेतना र्याली पनि निकालेको थियो।
यस अवसरमा एसएसबी ५३ वाहिनीका डेपुटी कमाण्डेन्ट सन्दीप कुमार सिंह, कमाण्डेन्ट जयगाउँ, विद्यालयका प्रिन्सिपल कौशल किशोर, शिक्षकहरू, सशस्त्र सीमा बलका कर्मचारीहरू र युवा विद्यार्थीहरू उपस्थित थिए।