तृणमूल ब्लक सभापति र जिल्ला सभाधिपतिले गऱ्यो क्षतिग्रस्त कमानको निरीक्षण

कालचिनीः आइतवारको हावा हुन्डुरीले व्यापक क्षतिग्रस्त गरेको गाउँहरूमा सोमवार तृणमूल कालचिनी ब्लक सभापति असिम पाख्रिनलगायत अलिपुरद्वार जिल्ला परिषदका सभाधिपति स्निग्धा साइबोले एकसाथ निरीक्षण गरे। भुमरीले क्षतिग्रस्त बनेको मेचपाडा, ८ नम्बर, भाटपाडा, राइमाटाङ, राजाभातखावा क्षेत्रमा पुगेर क्षतिको विवरण लिँदै प्रशासनिक स्तरबाट के कस्तो त्राण प्रदान गर्न सकिन्छ त्यसको निम्ति सूची बनाउन प्रशासनिक अधिकारीहरूलाई निर्देश दिइएको बताइएको छ।


यता मेचपाडा ८ नम्बर गाउँको निरीक्षण गर्न आएको जिल्ला परिषदका सभाधिपति स्निग्धा साइबोले वर्तमान समयसम्म एमसीसी जारी रहेकोले यसको विवरण प्रशासनलाई दिइने र प्रशासनिक स्तरबाट नै क्षतिग्रस्त गाउँलेहरूले त्राण प्राप्त गर्नसक्ने बताएकी छन्।

Leave a comment