जिल्ला स्वास्थ्य विभागद्वारा २० वटा हेल्थ वेल्थ सेन्टरलाई गऱ्यो सम्मान

जिल्ला स्वास्थ्य विभागद्वारा २० वटा हेल्थ वेल्थ सेन्टरलाई गऱ्यो सम्मान


कालचिनी: मङगलबार अलिपुरद्वार जिल्ला स्वास्थ्य विभागको कन्फरेन्स हलमा स्वास्थ्य सेवाहरू सुचारु रूपमा वितरणको लागि हेल्थ वेल्थ सेन्टरहरू (एचडब्ल्यूसी) लाई औपचारिक रूपमा सम्मानित गरियो। उल्लेखनीय छ, कोलकातामा राज्य स्वास्थ्य विभागको स्वास्थ्य र परिवार कल्याण संघको एक समारोहमा अलिपुरद्वार जिल्लालाई आधिकारिक रूपमा स्वास्थ्य सेवाहरूको लागि दोस्रो स्थान धारक घोषित गरिएको छ भने अलिपुरद्वार जिल्ला स्वास्थ्य विभागले यसै उपलक्ष्यमा अलिपुरद्वार जिल्लामा कुल २० वटा हेल्थ वेल्थ सेन्टरहरूका जिम्मेवार स्वास्थ्यकर्मीहरूलाई पुरस्कृत गरिएको बताइएको छ। मङगलबार यस अवसरमा अलिपुरद्वार जिल्ला शासक आर. विमला र जिल्ला मुख्य स्वास्थ्य अधिकारी डा. सुमित गाङगुलीले आधिकारिक रूपमा उपस्थित रहेर स्वास्थ्यकर्मीहरूलाई प्रमाणपत्र र स्मृति चिन्ह हस्तान्तरण गरेको थियो।


यस क्रममा अलिपुरद्वार जिल्ला प्रमुख स्वास्थ्य अधिकारी डा. सुमित गाङगुलीले हालै राज्यमा एचएमपीभी सङक्रमण भेटिएको बताउँदै त्यसका लागि जिल्ला तहमा जिल्ला प्रशासनसँग बैठक पनि गरेको बताएका छन्।
यद्यपि यो भाइरस नयाँ भने नरहेको तथापि विभिन्न अस्पताल र स्वास्थ्य केन्द्रहरूलाई सतर्क रहन निर्देशन दिइरहेको जनाएका छन्।
रुघाखोकी ज्वरोको बारेमा सचेत भए यो सङक्रमणबाट सर्वसाधारण सुरक्षित रहन सक्ने जिल्ला स्वास्थ्य विभागले जानकारी पनि गराएका छन्। राज्यको स्वास्थ्य विभाग वा प्रशासनबाट कुनै निर्देशन आएमा यसविरुद्ध पदक्षेप लिन तयार रहेको सीएमओएच डा. सुमित गाङगुलीले जनाएका छन्।

याे पनि हेर्नुस्


Leave a comment