बीरपाडामा मुख्यमन्त्री ममता ब्यानर्जीको हुङ्कार बीजेपी हटाओ, देश बचाओ

कालचिनीः उत्तरबङ्गालका लोकसभा आसनहरू लिएर राज्यकी मुख्यमन्त्री तथा तृणमूल सुप्रिमो ममता ब्यानर्जी निकै गम्भीर छिन्।
अलिपुरद्वार, कोचबिहार र जलपाइगढी लोकसभा आसनका प्रार्थीहरूको जीत सुनिश्चित गर्न स्वयम् मुख्यमन्त्री र सर्वभारतीय तृणमूल महासचिव अभिषेक ब्यानर्जीको लगातार जनसभा र रोड सो चलिरहेको क्रममा सोमबार अलिपुरद्वार लोकसभा केन्द्रको तृणमूल प्रार्थी प्रकास चीक बडाइकको समर्थनमा बीरपाडा डिमडिमा मैदानमा सम्पन्न जनसभामा मुख्यमन्त्री ममता ब्यानर्जीले आफ्नो सम्बोधनको क्रममा मोदी हटाओ देश बचाओ नारा पुनः दोहोऱ्याइन्। बीरपाडा पुग्न अघि कोचबिहारमा सम्पन्न जनसभामा पनि मुख्यमन्त्री ममता ब्यानर्जीले उही मोदी हटाओ देश बचाओको नारा लगाएकी थिईन्।
भाजपाको घोषणापत्रले भाजपाको चरित्र उदाङ्गो पारेको बताउँदै एनआरसी, एक राष्ट्र एक भोट साथै साम्प्रदायिक सद्भावनालाई बिगार्ने योजना भाजपाको रहेको दिदीले बताइन्। भाजपा फेरि सत्तामा आए बंगालको अल्पसंख्यक, एसटी एससी ओबीसी विभिन्न जातगोष्ठीको स्वाधीनता खोसिने र देशलाई जेलखानामा परिवर्तन गर्ने बताउँदै बंगालवासी सबै सचेत बस्नु पर्ने र यस्तो अत्याचारी भाजपालाई बहिष्कार गर्ने आह्वान गरिन्। तिनले कोरोना महामारीको बेला र भर्खरै काल बैशाखी तुफानले पीडित मानिसहरूको मदत गर्न भाजपाको कुनै एमपी एमएलए र नेताहरू नपुगेको त्यतिखेर माँ, माटी र मानुसको नेता, प्रतिनिधिहरू पुगेर मदत पुऱ्याउने काम गरेको र पीडितहरूको लागि मदत सुनिश्चित गरेको बताइन्। भोट जितेर जाने बीजेपी तर आइपर्दा मदतको काम गर्ने तृणमूल कस्तो विडम्बना भन्दै आक्रोश पोखिन्। लक्ष्मी भण्डार, कन्याश्री, रुपश्री, युवाश्री, योग्यश्री, कर्मश्री, जय जोहार, सबै प्रकल्प बचाउन तृणमूललाई साथ दिनुपर्ने आह्वान गरिन्।

याे पनि हेर्नुस्

Leave a comment