भुपेश तिम्सिनाको ‘धेरै कोशिस’ एक सफल कोशिस

भुपेश तिम्सिनाको नयाँ गीत ‘धेरै कोशिस’ एक सफल कोशिस

अजय खड्का
अजय खड्का

भूगोल फेरिँदा भाषा र भाका फेर्ने पात्रहरू मैले धेरै देखेको छु। स्व-संस्कृति भुलेर अन्य संस्कृतिमा रङ्गालिने मनुवा पनि प्रशस्तै भेटेको छु। तर अमेरिकाको टेक्सास राज्यस्थित चर्चित अस्टिनमा लामो समयदेखि बसोबास गरी अमेरिकामै आफ्नो कार्ययोग्यताले बलियो पाउ जमाएका बहुमुखी प्रतिभासम्पन्न भुपेश तिम्सिनाले न आफ्नो भाषा भुलेका छन् न संस्कृति। नेपाली भाषामा उनको प्रगाढ मोह प्रशंसनीय छ। नेपाली साहित्यका सक्रिय पाठक हुन् र हुन् प्रकाशक पनि। साथै उनी डुबेका छन् सङ्गीतमा चुर्लुम्म। एकाध मौकामा लाइभचेटहुँदी घरकै स्टुडियोबाट गिटार बजाएर मिठो-मधुर गीत सुनाएका थिए।

उनले अहिले ‘धेरै कोशिस’ नामक एउटा फरक स्वादको गीत सार्वजनिक गरेका छन्। युट्युबमा भुपेश तिम्सिना अफिसियलमार्फत गीत सार्वजनिक भएको छ। उनको शब्द,सङ्गीत र गायनमा हालै सार्वजनिक उक्त गीत आकर्षणीय भिडियोमा सुसज्जित छ। निशान घिमिरेको निर्देशन रहेको म्युजिकभिडियोमा स्मारिका ढकाल र सुरेश कोहली फिचरिङमा छन्। भुपेश-कृता फाउन्डेसन सञ्चालन गरी प्रकाशन तथा परोपकारी कार्य गर्दै प्रशंसा बटुलिरहेका भुपेश तिम्सिना यो म्युजिकभिडियोको निर्माता पनि हुन्। काठमाडौँको धरोहरका रूपमा स्थपित दर्शनीय स्थलहरूमा उच्चकोटिको अभिनय,छायाङ्कन र सम्पादनले ‘ धेरै कोशिस’ बोलको गीतलाई लोकप्रिय बन्न अहम् सघाउ पुग्ने देखिन्छ।


गीतमा एक प्रेम-तपस्वीले आफ्नो सपना विपनामा फेरिएपछि सृजित उसको अनुपम भाव उजागृत छ। गीतको मूलभावसित भिडियो मज्जाले खाप खाएको छ। गीतको अडियो र भिडियो दुवै सबल छ। यसअघि पनि दर्जनौं नेपाली र एकाध हिन्दी गीत समेत रेकर्ड गराइसकेका गायक- संगीतकार भुपेश तिम्सिना यतिखेर नेपालका चार दर्जनअधिक न्यूज च्यानलहरूले गीतको निरुपण गर्दै सप्रशंसाा खवर प्रकाशित गरेकोमा अत्यन्तै उत्साहित देखिन्छन्। सात समुद्रपारि अमेरिकामा बसेर आफ्नो भाषा,साहित्य र संगीतका चिरस्नेही भुपेश तिम्सिना र उनको यो नयाँ सांगीतिक भेंटलाई सस्नेह ग्रहण गरौं साथै लछेप्रै बधाई-शुभकामना टक्राउँ।

याे पनि हेर्नुस्


Leave a comment