रश्मिका मन्डन्ना फिल्म ‘सिकन्दर’ मा सलमानको हिरोइन बन्ने
मुम्बई : हिन्दी फिल्म ‘एनिमल’ मा अभिनय गरेकी अभिनेत्री रश्मिका मन्डन्ना आगामी फिल्म ‘सिकंदर’ मा अभिनेता सलमान खानसँग देखिने भएकी छिन् । चलचित्र निर्माताले बिहीबार सो जानकारी दिएका हुन् । प्राप्त जानकारी अनुसर सलमान खान फिल्म ‘सिकंदर’ मा मुख्य भूमिकामा देखिनेछन्। यस फिल्मको निर्देशन एआर मुरुगादासले गर्नेछन्। यो फिल्म सन् २०२५ इदको अवसरमा हलमा रिलिज हुनेछ । फिल्मलाई साजिद नाडियाडवालाको ब्यानरमा र नाडियाडवाला ग्रान्डसन इन्टरटेनमेन्टले निर्माण गर्नेछ ।

चलचित्र कहिले रिलिज हुन्छ ?
निर्माण कम्पनीले इन्स्टाग्राममा एक पोस्टमा रश्मिका मन्डन्नालाई सलमान खानसँग फिल्म ‘सिकन्दर’ मा काम गर्न स्वागत गरेको बताएको छ । यो फिल्म २०२५ को ईदको दिन थिएटरमा रिलिज हुनेछ । फिल्मको बारेमा आफ्नो इन्स्टाग्राम स्टोरीमा पोस्ट गर्दै मन्डन्नाले फिल्म ‘सिकन्दर’ मा काम गर्न पाउँदा निकै उत्साहित भएको बताइन् ।मन्डन्ना तेलुगु फिल्म ‘चलो’, ‘गीता गोविन्दम’, ‘डियर कम्रेड’, ‘पुष्पाः द राइज’ र ‘सीथा रामम’ मा आफ्नो लोकप्रिय भूमिकाका कारण चर्चामा छिन्। रश्मिका मन्डन्नाले विकास बहलको फिल्म ‘गुडबाय’ बाट हिन्दी फिल्ममा आफ्नो यात्रा सुरु गरेकी थिइन् ।
याे पनि हेर्नुस्
Amazon
Bluetooth 5.3 Wireless Over Ear Headphones

ZEBRONICS Thunder Bluetooth 5.3 Wireless Over Ear Headphones with 60H Backup, Gaming Mode, Dual Pairing, ENC, AUX, Micro SD, Voice Assistant, Comfortable Earcups, Call Function(Sea Green)