अलिपुरद्वार लोकसभा केन्द्रमा साँझ ५ बजीसम्म ७६ प्रतिशत मतदान

कालचिनीः बिहान प्रायः ७ बजीदेखि शुरु भएको मतदान साँझ ५ बजीसम्म शान्तिपूर्ण मतदान सम्पन्न भएको छ भने प्रायः ५ बजीसम्म ७६ प्रतिशत मतदान भइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएका छन्। अलिपुरद्वार लोकसभा केन्द्रमा जम्मा १७ लाख ७३ हजार मतदाता रहेका छन् भने साँझ ६ बजीसम्म ७६ प्रतिशत मतदान भइसकेको र कुल मतदान ८० देखि ८२ प्रतिशत मतदान हुनसक्ने तृणमूल कालचिनी ब्लक सभापति असिम पाख्रिनले आशय व्यक्त गरेका छन्।
अलिपुरद्वार लोकसभा केन्द्रमा कुल १८६७ वटा बूथहरू रहेका छन् भने सबै मतदान केन्द्रमा शान्तिपूर्वक मतदान सम्पन्न भएको जिल्ला आरओ कार्यालयले जनाएका छन्। बिहानदेखि सम्पन्न मतदानको सेरोफेरोमा भाजपा प्रार्थी मनोज तिग्गाको आफ्नै बूथमा भाजपाको पोलिङ एजेन्ट समयमा नपुगेको समाचारले खैलाबैला मच्चिएको थियो। यता कालचिनी खण्डको प्रायः ९ वटा बूथहरूमा भाजपाको कुनै पोलिङ एजेन्ट नदेखिएको तृणमूल सुत्रले जनाएका छन्। यस सन्दर्भमा तृणमूल कालचिनी ब्लक सभापति असिम पाख्रिनले तृणमूलको पक्षमा यसपाली राम्रो भोट भएको र धेरै बूथहरूमा भाजपाको पोलिङ एजेन्ट र टेबल नदेखिनु भाजपाबाट जनसाधारण अब विरक्तिएको सङ्केत पाएको बताए। मतदान स्वतस्फूर्त रुपमा शान्तिपूर्ण भएको र तृणमूल प्रार्थी प्रकास चीक बडाइकको जीत सुनिश्चित हुने तृणमूल नेताहरूले आशा व्यक्त गरेका छन्।

याे पनि हेर्नुस्

Leave a comment