कालचिनीमा रामनवमीको उपलक्ष्यमा शोभायात्रा

कालचिनीः बुधबार रामनवमीको उपलक्ष्यमा कालचिनी राङ्गामाटी रोडस्थित पेट्रोल पम्प चौपतिबाट हेमिल्टनगञ्जसम्म भव्य शोभायात्रा निकालियो। उक्त शोभायात्रामा तृणमूल कालचिनी ब्लक सभापति असिम पाख्रिनलगायत कालचिनी क्षेत्रका समाजसेवीहरूको उपस्थिति रहेको थियो। रामनवमीको उपलक्ष्यमा सबैलाई शान्ति र सद्भावनाको सन्देश दिनलाई नै शोभायात्रा निकालिएको रामनवमी शोभायात्रा कमिटीको पक्षबाट जोगेन्दर साहले जनाएका छन्।
शोभायात्रा निकाल्न अघि कालचिनी मोदी लाइनस्थित मन्दिरमा कालचिनी विधायक विशाल लामा पनि केही क्षणको निम्ति उपस्थिति दिन आइपुगेका थिए भने शोभायात्राको समय तिनी नरहे तापनि शोभायात्रामा तृणमूल कालचिनी ब्लक सभापति असिम पाख्रिन लगायत तृणमूल नेता रञ्जित घोष, हरि कुजूर, आतिश छेत्री, बाबलु सापकोटा, अमित सापकोटा आदिको उपस्थिति रहेको थियो।

याे पनि हेर्नुस्

Amazon

Lovable Small Photo Album

Buy now

Leave a comment