वाहन दुर्घटनाग्रस्त हुँदा एकजनाको मृत्यु


कालचिनीः आइतवार सॉंझघरी दलसिंहपाड़ा एसियन हाइवे ४८ पासाखा रोड भानु मोड संलग्न क्षेत्रमा एउटा कारको ठक्कर रोड किनार रहेको टिप्पकसित हुँदा कारमा सवार एक व्यक्तिको घटनास्थलमा नै मृत्यु भएको जानकारी प्राप्त भएको छ।
प्राप्त जानकारीअनुसार, कार दुर्घटनामा मृत्यु हुने व्यक्ति पेशाले दन्त चिकित्सक प्रतिक नायर (२८) अनुमानिक टोटोपाडा निवासी रहेको थाहा लागेको छ। घटनास्थलमा जयगाउँ थानाको पुलिसबल पुगेर मृतदेह उद्धार गरेर लगेको बताइएको छ। मृतको सनाखत पश्चात सोमबार पोस्टमार्टममा पठाइएको पुलिस सुत्रले जनाएका छन्। पासाखा क्षेत्रबाट दलसिंहपाड़ातर्फ आउने क्रममा उक्त कारले दलसिंहपाड़ा भानु मोड क्षेत्र आइपुग्दा टिप्परसँग दुर्घटना गर्न पुगेको थियो भने घटनास्थलमा नै दन्त चिकित्सक प्रतिक नायरको मृत्यु भएको बताइएको छ। यता घटनाले टोटोपाडामा शोकको लहर छाएको छ भने मृतक डेन्टिस्ट प्रतिक नायरको शवलाई पोस्टमार्टम पश्चात परिवारलाई सुम्पिएको बताइएको छ।

याे पनि हेर्नुस्

Amazon

boAt Xtend Smart Watch 

boAt Xtend Smart Watch with Alexa Built-in, 1.69” HD Display, Multiple Watch Faces, Stress Monitor, Heart & SpO2 Monitoring, 14 Sports Modes, Sleep Monitor, 5 ATM & 7 Days Battery(Pitch Black)

Buy Now

Leave a comment