रेलले काटिएर एकको मृत्यु


कालचिनीः सोमबार बिहान प्रायः ११ बजी सिलगढीदेखि अलिपुरद्वार जङ्क्सनगामी प्यासेन्जर रेलले काटिएर एकको मृत्यु भएको घटना प्रकासमा आएको छ। प्राप्त जानकारी अनुसार, सिलगढीदेखि अलिपुरद्वार जङ्क्सनगामी बामनहाट प्यासेन्जर रेल कालचिनी निमती मोड क्षेत्रको रेल खुट्टी नम्बर १४४/४ मा आइपुग्दा एकजना व्यक्ति लीकमा आत्मघाती बन्न पुगेको थियो। रेलले उक्त व्यक्तिको टाउको काटिएको थियो। आरपीएफ र जीआरपी सुत्रले उक्त मृतक व्यक्तिको परिचय भाटपाडा बी चियाकमान निवासी कॉंइला मगर उमेर ५७ अनुमानिक भनि चिन्हित भएको बताएको छ।
प्राथमिक जॉंचमा यो आत्महत्याको मामिला रहेको जीआरपी सुत्रले जनाएका छन्। गाउँलेहरूले जनाएअनुसार, उक्त व्यक्तिलाई सबैले सुपारी कॉंइलाको नामले सम्बोधन गर्ने गरेको र तिनी सरल चरित्रको व्यक्ति थिए। शवलाई अलिपुरद्वार जीआरपीले उद्धार गरेर पोस्टमार्टमको निम्ति पठाएको बताइएको छ।

याे पनि हेर्नुस्

Amazon

boAt Xtend Smart Watch

boAt Xtend Smart Watch with Alexa Built-in, 1.69” HD Display, Multiple Watch Faces, Stress Monitor, Heart & SpO2 Monitoring, 14 Sports Modes, Sleep Monitor, 5 ATM & 7 Days Battery(Pitch Black)

Buy Now

Leave a comment