सोनम ल्होछार समापन समारोह भव्यरुपमा सफल भएकोमा धन्यवाद ज्ञापन

सोनम ल्होछार समापन समारोह

कालचिनीः आइतवार बीरपाडामा सम्पन्न पाँचौँ डुवर्सव्यापी सोनम ल्होछार समापन समारोह भव्यरुपमा सफल भएकोमा डुवर्स तामाङ बौद्ध संघको केन्द्रिय कमिटी लगायत आयोजक कमिटीले सोमवार सहयोगिता प्रदान गर्ने सबै तप्कालाई पत्रकार सम्मेलन मार्फत धन्यवाद एवम् आभार व्यक्त गरेका छन्। आयोजक कमिटीको पक्षबाट केन्द्रिय सदस्य सुमन पाख्रिन तामाङले संघले डुवर्सव्यापी सोनम ल्होछार समापन समारोहको अभिभारा बीरपाडा शाखालाई दिए अनुरूप जिम्मेवारी वहन गर्दै भव्यताको साथ कार्यक्रम सफल गर्न सकेकोमा सन्तोष लागेको र कार्यक्रममा उपस्थित संघको सम्पूर्ण केन्द्रिय सदस्यगण लगायत आजीवन सदस्यहरू अनि डुवर्सको कालचिनी खण्डदेखि मदारीहाट बीरपाड़ा, बानरहाट, नगरकट्टा, माल, मटेली ब्लकबाट सहभागी बनेका शाखा प्रतिनिधिहरूमा विशेष आभार रहेको जनाएका छन्। कार्यक्रममा छिमेकी राज्य सिक्किमको जोरथाङबाट आएकी विशिष्ट अतिथि तथा डुवर्स तामाङ बौद्ध संघको चीफ प्रिन्सिपल‌ पेट्रोन कल्पना बल तामाङले डुवर्सको तामाङहरूको जातीय प्रेम र उत्साहलाई सलाम गर्दै डुवर्स तामाङ बौद्ध संघको प्रधान मुख्य संरक्षक बन्न पाउँदा गर्व महसूस गरेको बताएकी छन्। समारोह आयोजक कमिटीको पक्षबाट सुमन पाख्रिन तामाङले कार्यक्रम सफल बनाउन विशेष योगदान प्रदान गर्ने बीरपाड़ाका समाजसेवी सुरज घिसिङ, दिलीप लामा लगायत सञ्चारकर्मीहरू हर्कु तामाङ, बुद्धिमान लामा, शनि तामाङ, दिपेन छेत्री जयगाउँ, समाजसेवी उत्तम वाइबा र अशोक तामाङलाई धन्यवाद ज्ञापन गरेको छ।
समग्रमा तामाङ जातिको महान चाढ सोनम ल्होछार गरुड वर्ष यसपाली विगत दिनहरूको तुलनामा डुवर्सका तामाङहरूले व्यापक रूपमा घर घरमा पालन गरेको र शाखा स्तरदेखि ब्लक र डुवर्सव्यापी रुपमा यसपाली सोनम ल्होछार पालन गरिएको डुवर्स तामाङ बौद्ध संघको अध्यक्ष डीबी वाइबा र मूलसचिव कुमार गोलेले जानकारी गराएका छन्। स्मरण रहोस् आइतवार बीरपाडामा सम्पन्न ल्होछार समापन समारोहमा मुख्य अतिथिको रुपमा अखिल भारतीय तामाङ बौद्ध संघको महासचिव नरेन्द्र मोक्तानको विशेष उपस्थिति रहेको थियो भने विशिष्ट अतिथिमा डुताबौसंको चीफ प्रिन्सिपल‌ पेट्रोन कल्पना बल तामाङ, सतिश थिङ लगायत कुमारग्राम पञ्चायत समितिको चेयरम्यान जुली लामा, कालचिनी पञ्चायत समितिको भाइस चेयरम्यान नितु राणा तामाङ, कालचिनी ब्लक सभापति असिम पाख्रिन एवम् अन्यान्य विशिष्ट मान्यजनको उपस्थिति रहेको थियो।

याे पनि हेर्नुस्

Leave a comment