म यदी सांसद भएँ भने

यदी म सांसद भएँ (जो कल्पना हो)

कमल शर्मा

साथीहरू, आउँदै गरेको १९ तारिखमा हामी सबै अलिपुरद्वारका जनताले हाम्रो संसदीय चुनावमा मतदान गर्नेछौँ। अलिपुरद्वारमा कुल ११ उम्मेदवार चुनावी मैदानमा छन्। मुख्यतया दुई उम्मेदवार वा दुई पार्टीबीचको टक्करको दृश्य देखिएको छ । यी दुई मध्ये एकले विजय श्री निश्चित पाउनेछन्। जनताको आशीर्वाद पाउनेहरूले अलिपूरद्वारको विकासमा आफ्नो महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास छ।

साथीहरू, म यदि सांसद भएँ (जो कल्पना हो) भने म अलिपुरद्वार र देशको लागि मेरो सपनालाई अघि बडाउनेछु।

  • १. जात, सम्प्रदाय, पार्टी भन्दा माथि उठेर अलिपुरद्वारका प्रत्येक व्यक्तिको हितमा काम गर्नेछु।
  • २. अपराधी, भ्रष्ट र भाइभतिजावादलाई कहिल्यै संरक्षण दिने छुइन ।
  • ३. जुनसुकै मूल्यमा पनि वीरपाडामा फ्लाईओभर पक्कै बनाउँछु ।
  • ४. बासरा नदीमा बहुप्रतिक्षित पुल निर्माणका लागि सांसदको पूर्ण शक्ति प्रयोग गर्छु ।
  • ५. जयगाउँमा वीरपाडा वा अलिपुरद्वारको जस्तो ठूलो अस्पतालको निर्माण गर्नेछु।
  • ६. चिया बगानको भूमिको पट्टा मात्र ५ डेसिमलमात्र नभएर जसको संरक्षणमा जति रहेको छ सबै जग्गाको पट्टा दिलाउनेछु।
  • ७. मेरो प्राथमिकता शिक्षा र स्वास्थ्यमा हुनेछ, सांसद कोषको सबै पैसा शिक्षा र स्वास्थ्यमा खर्च गर्नेछु ।
  • ८. अलिपुरद्वारको प्रत्येक गाउँ पञ्चायतमा पुस्तकालय निर्माण गर्नेछु र अन्य पुस्तकहरूसँग विभिन्न पाठ्यपुस्तकहरू पनि राखिनेछ र यसलाई पूर्ण रूपमा आधुनिक प्रविधिसँग जोड्नेछु।
  • ९. जहिले पनि व्यक्ति, पार्टीभन्दा देश ठूलो, यो मेरो सपना हो, तपाईको पनि यस्तै सपना छ होला।
  • १०. अलिपुरद्वारका अधिक्तर क्षेत्र चिया-बगानले घेरेर राखेको छ । अर्थात टुरिजम (पर्यटन व्यवसाय) राम्रो फस्टिने सम्भवना छ । यसलाई नै राम्रो स्यार्न सके फस्टिएर जाने छ। यसलाई एक सांसदको रूपमा अघि बढाउने प्रयास गर्नेछु ।
  • ११. यहाँका प्रमुख उद्धोग भनेको नै चिया-उद्धोग हो । हजारौॅ जनसाधारण यसैमा निर्भर रहेको छ तर चिया बगानको हालत त्यति राम्रो भने छैन । चिया बगानको साथ साथै यहाँ अरू वैकल्पिक उद्धोगको बारेमा पनि सोच्न अति जरूरी छ । म यस विषयमा पनि कार्य गर्नेछु ।
  • १२. डुवर्सका धेरै जसो युवाहरू रोजगारको खोजीमा घर छोडेर पलयान हुन परेको कारूणिक पिडा छ । यस दिशामा पनि कार्य गर्नु अवश्यक रहेको छ।
  • १३. डुवर्स विभिन्न भाषाभाषी बसोबास गर्ने क्षेत्र हो । सबै मातृ भाषाको विकास र सम्बर्धन हुनुपर्छ । म यस क्षेत्रमा पनि सदैव सचेष्ट रहेको हुनेछु ।

हामी सबै १९ तारिखमा आफ्नो बहुमूल्य मत प्रयोग गरी लोकतन्त्रको यस पावन पर्वमा सहभागी हुनेछौँ ।

सबैले भोट गरौँ।

जय हिन्द, जय भारत।

नाेट :

याे पनि हेर्नुस्

Leave a comment