जानुकी चित्राङ्कन कला केन्द्रको वार्षिक परीक्षा सम्पन्न


मालबजार: प्रत्येक वर्षजस्तो यस वर्ष पनि मई दिवसको दिन मालबजारस्थित एउटा अङ्ग्रेजी स्कुलमा जानुकी चित्राङ्कन कला केन्द्रको वार्षिक परीक्षा सम्पन्न भयो। जहाँ नर्सरीदेखि छेटौँ वर्षका ९१ जना विद्यार्थीहरूले परीक्षा दिए। वार्षिक परीक्षा कोलकत्ताबाट आएका परीक्षक पारथो शाहको देखरेखमा भएको थियो।

जानुकी चित्राङ्कन कला केन्द्रका फाउण्डर एवम् शिक्षक अजय थापाले भने, आज ९१ जना विद्यार्थीहरूले परीक्षा दिएका छन्। यस परीक्षा सम्पन्न गराउनका निम्ति मेरा विद्यार्थीहरू राजु शाह, विमान रोय, सञ्जु थापा, देवेन देवान, मेधा छेत्रीको सहयोग रहेको थियो। विद्यार्थीहरूले उत्साहको साथ परीक्षा दिएका थिए।

परीक्षा सम्पन्न गराउनमा पारुल सिह, सेलिन खाल्को पनि सहयोगमा रहेको थियो।

याे पनि हेर्नुस्

Subscibe the Youtube Channel

Amazon

Art Kit

Apsara Art Kit|Multicolor

Buy Now

Leave a comment