रेल विभागको दादागिरी विरुद्ध तृणमूल अलिपुरद्वार जिल्ला सभापति तथा राज्यसभा सांसद प्रकासचीक बडाईक

रेल विभागको दादागिरी विरुद्ध तृणमूल अलिपुरद्वार जिल्ला सभापति

कालचिनीः आगामी १० मार्चको दिन कोलकत्ता ब्रिगेडमा सम्पन हुने तृणमूलको जनगर्जन समावेशमा अलिपुरद्वार, जलपाइगढी र कोचबिहारबाट तृणमूल समर्थक अनि नेताहरू कोही जान नसकोस् भन्ने कुत्सित भावना लिएर केन्द्र सरकारको निर्देशमा रेल विभागले घिनलाग्दो खेला गरेको तृणमूल अलिपुरद्वार जिल्ला सभापति तथा राज्यसभा सांसद प्रकासचीक बडाईकले आरोप कसेका छन्।
पार्टीबाट कोलकत्ता जान आगामी ८ मार्चको दिन दुईवटा रेल सबै औपचारिकता पुरा गरेर रेल विभागलाई निवेदन गर्दा पनि रेल विभागले ८ मार्चको दिन उक्त दुवैवटा रेल रद्द गरेको आरोप राज्यसभा सांसद प्रकासचीक बडाईकले लगाएको छ। जति नै बाधा गरेता पनि दिदी र अभिषेक ब्यानर्जीको सैनिकहरू कलकत्ता पुग्ने पनि तृणमूल समर्थकहरूले ठोकुवा गरेका छन्। अर्कोतिर यस सम्बन्धमा भाजपाका मदारीहाट बीरपाड़ा विधायक मनोज तिग्गाले यो सब घिनलाग्दो काम भाजपाले नगरेको बरु उल्टा तृणमूलले सरकारी कार्यक्रमहरूमा भाजपाका सांसद र विधायकहरूलाई कहिले नबोलाएको र सांसद र विधायकहरूको तहबिलबाट कुनै काम गर्न पनि अडचन गर्दै आइरहेको बताएको छ।

भारतीय रेल
भारतीय रेल

याे पनि हेर्नुस्

Leave a comment