मिरिकमा घर जलेर खरानी

आगलागीमा परेर घरसँगै 20 लाख सम्पत्ति नष्ट भएकाे छ ।

मिरिकः मिरिक नगरपालिका वार्ड नम्बर सात प्रताप गाउँ निवासी महेस गुरूङकाे घर शनिबार दिउँसाे जलेर खरानी भएकाे छ।पीडित महेस गुरूङले घरमा के कारण आगाे लाग्याे किटान गरेर भन्न नसके पनि आफू काममा अनि श्रीमती गाँउमा गएकाे बेला घरमा आगलागी भएकाे बताए। तिनले आगलागीमा परेर घरसहित घरमा भएकाे कागज पत्र,रूपियाँ,भाँडा वर्तन,सर सामाग्री सबै जलेर खरानी भएकाे बताए। आगलागीमा परेर घरसँगै 20 लाख सम्पत्ति नष्ट भएकाे जानकारी प्राप्त भएकाे छ । स्थानीय मानिस अनि मिरिक अग्निशमन विभागका कर्मचारीहरू घटना स्थलमा पुगेर आगाेलाई निभाउने कार्य गरे। घटनास्थलकाे स्थलगत निरीक्षण सभासद मिलेस राई,मिरिक नगरपालिका अध्यक्ष एलबी राईले गरेपछि पीडितहरूलाई आवश्यक सहयाेग गर्ने आश्वसन दिएका छन्।

याे पनि हेर्नुस्

Leave a comment