मुख्यमन्त्री ममता ब्यानर्जीको हात दह्रो बनाउन केपीपीले तृणमूललाई समर्थन गर्ने

कालचिनीः राजवंशी/कामतापुरी जातिको निम्ति भाजपाले केही नगरेको तर तृणमूल सरकारले राजवंशी कामतापुरी जातिको निम्ति २०० वटा प्राथमिक विद्यालय प्रदानसाथै राजवंशी भाषा एकाडेमी, राजवंशी भाषालाई राज्य भाषाको सम्मान दिएको, राजवंशी विकास बोर्ड अनि राजवंशी युवा युवतीहरूलाई स्वनिर्भर बन्न रोजगार दिएको बताउँदै लोकसभा चुनाउमा कोचबिहार, अलिपुरद्वार, जलपाइगढी र दार्जीलिङ लगायत उत्तरबंगालका आसनहरूमा कामतापुर प्रोगेसिभ पार्टी (केपीपी) ले तृणमूललाई समर्थन गर्ने जानकारी मङ्गलवार कामतापुर प्रोगेसिभ पार्टी (केपीपी) को पक्षबाट पत्रकार सम्मेलन मार्फत दिएका छन्। अलिपुरद्वार प्रेस कर्नरमा सम्पन्न कामतापुर प्रोगेसिभ पार्टी केपीपीलाई तृणमूल नेता तथा एसजेडीए चेयरम्यान डा. सौरभ चक्रवर्तीले संयोजन गरेको थियो भने सो पत्रकार सम्मेलनमा कामतापुर प्रोगेसिभ पार्टी (केपीपी) का अध्यक्ष तथा कामतापुर भाषा एकाडेमीका चेयरम्यान अमित राय लगायत राजवंशी उन्नयन पर्षदको कार्यकारिणी सदस्य पीयूष कान्ति राय, पाताल देव सिंह, केपीपीका महासचिव उत्तम बर्मन आदिको उपस्थिति रहेको थियो। वाचा दिएर पुरा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई उत्तरबंगालका ६ वटा जिल्लाहरूमा नै राजवंशी कामतापुरी समाजले यसपाली तृणमूल प्रार्थीलाई मत खसालेर जीत सुनिश्चित गर्ने बताउँदै कामतापुर प्रोगेसिभ पार्टीका अध्यक्ष तथा राजवंशी भाषा एकाडेमीका चेयरम्यान अमित रायले केन्द्रको भाजपा सरकारले राजवंशीहरूलाई दिएको कुनै पनि आश्वासन पुरा नगरेको, नारायणी सेना (रेजिमेन्ट) गठन गर्ने झुटो आश्वासन दिएको तर अहिलेसम्म केही नगरेको सोझा कामतापुरी राजवंशी समाजलाई केवल भोटको निम्ति प्रयोग गरेको आरोप लगाएका छन्।
बरु राज्यकी मुख्यमन्त्री सत्तामा आएपछि तिनले राजवंशी भाषा एकाडेमीको गठन गरेको ऋषि/ठाकुर पञ्चानन बर्मा विश्वविद्यालय बनाएको र तिनको जन्मदिनमा सरकारी विदा पनि प्रदान गरेको र अझै चीला रायको जन्मदिनको पनि छुट्टी दिने मुख्यमन्त्रीले आश्वास दिएकी र तिनले चीला राय र ठाकुर पञ्चानन बर्माको सालिक पनि स्थापित गरेकी र राजवंशी कामतापुरी भाषामा पठन पाठनको स्वीकृति दिएकोले मुख्यमन्त्रीले वाचा गरेर काम पनि पुरा गरेकीले राजवंशी कामतापुरी समाजको भोट भाजपालाई नभएर माँ, माटी र मानुसको प्रतिनिधिलाई जाने र यसको निम्ति कामतापुर प्रोगेसिभ पार्टीले कोचबिहार, अलिपुरद्वार, जलपाइगढी, दार्जीलिङ लगायत अन्यान्य आसनहरूमा तृणमूलको पक्षमा प्रचार चलाइरहेको कामतापुर प्रोगेसिभ पार्टीका अध्यक्ष अमित रायले जनाएका छन्।
पत्रकार सम्मेलनमा संयोजन गरिदिने एसजेडीए चेयरम्यान तथा तृणमूलका राज्य सचिव डा. सौरभ चक्रवर्तीलाई कामतापुर प्रोगेसिभ पार्टीका अध्यक्ष अमित रायले आभार जनाउँदै तिनकै सहयोगितामा मुख्यमन्त्रीसँग बैठक विगत १२ मार्चको दिन सिलगढीमा मिलाएको र उक्त बैठक फलप्रद भएको थप जनाएका छन्। पत्रकार सम्मेलनमा उपस्थित राजवंशी उन्नयन पर्षदको कार्यकारिणी सदस्य पीयूष कान्ति रायले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले राजवंशी कामतापुरी समाजको उन्नयनको निम्ति धेरै काम गर्दै आइरहेकी र तिनले बोले अनुसार काम गरेको र विगत बाममोर्चाको सरकारले कामतापुरी राजवंशी समाजलाई अवहेलना गरेको र भाजपाले केवल भोटब्याङ्क बनाउने काम मात्र गरेको तर मुख्यमन्त्री ममता ब्यानर्जीले जे वाचा गरिन् त्यो पुरा गर्दै आइरहेकोले राजवंशी कामतापुरी समाजले दिदीको हात मजबूत बनाउने पत्रकार सम्मेलनमा बताए।

याे पनि हेर्नुस्

Leave a comment