नेपाली विभागका महिला क्रिकेट टोली बन्यो विश्वविद्यालय च्याम्पियन


उत्तर बङ्ग विश्वविद्यालयमा युनिभर्सिटी प्रिमियर लिग फाइनल खेल सम्पन्न


सिलगढी : सिलगढी शिवमन्दिरस्थित उत्तरबङ्ग विश्वविद्यालयमा अन्तर विभाग युनिभर्सिटी प्रिमियर लिगको फाइनल म्याच आज सम्पन्न भएको थियो। उक्त प्रिमियर लिगमा महिला वर्ग र पुरुष वर्गको भिन्नभिन्न खेल रहेको थियो। युनिभर्सिटी प्रिमियर लिगको फाइनल म्याचमा पुरुष वर्गमा इतिहास विभाग र गणित विभाग माझ भिडन्त रहेको थियो भने महिला वर्गमा राजनीतिशास्त्र विभाग र नेपाली विभाग भिडेका थिए। पुरुष वर्गको भिडन्तमा गणित विभागले विजय हासिल गरेका थिए भने उपविजेता इतिहास विभाग भएका थिए। यसरी नै महिला वर्गमा नेपाली विभागले विजय हासिल गरेका थिए भने राजनीतिशास्त्र उपविजेता भएको थियो।


हरेक वर्ष उत्तरबङ्ग विश्वविद्यालय परिसरमा युनिभर्सिटी प्रिमियर लिग क्रिकेट खेल आयोजना गर्ने गर्दछ। क्रिकेट खेलमा पुरुष वर्गलाई मात्रै नसमेटिएर महिला वर्गलाई पनि यस खेलमा सामेल गर्न थालेका छन्। विगत २०१९ मा नेपाली विभागका महिला क्रिकेट टिमले विजय हासिल गरेका थिए भने विगत वर्ष उपविजेता भएका थिए। विद्यार्थी सङ्गठनद्वारा आयोजित युनिभर्सिटी प्रिमियर लिगमा नेपाली विभागका महिला क्रिकेट टोली विश्वविद्यालय च्याम्पियनसिप हासिल गरेका थिए भने नेपाली विभागका शोधार्थी जयप्रसाद राईले जानकारी दिएका छन्।

प्लेयर अफ द मेच। प्रियदर्शिका थापा, नेपाली विभाग
प्लेयर अफ द मेच। प्रियदर्शिका थापा, नेपाली विभाग

यो पनि हेर्नुहोस्

Leave a comment