नेपाली माध्यम विद्यालयमा छैन नेपाली माध्यमका शिक्षक

कालचिनीः अलिपुरद्वारको मादारीहाट/बिरपाडा सर्कलस्थित हन्टापाडा पहाडी लाइन नेपाली प्राइमरी विद्यालय दीर्घ दिनदेखि बिभिन्न समस्याहरूसँग जुझिरहेका छन्। नेपाली भाषी शिक्षकहरूलाई आफ्नो जिल्लामा ट्रान्सफर गरिएपछि अनि पूर्व शिक्षक प्रभारी श्रीमती माया तामाङको रिटायर्डमेन्टपछि विद्यालयमा हिन्दी माध्यमका शिक्षिकाले चलाइरहेकी थिइन्। केही वर्ष अघि दुईजना शिक्षकहरू पठाइए पनि दुबै बङ्गला माध्यमका शिक्षकहरू रहेकोले शिक्षकहरूले केही पढाउन नसकेको बताउँछन्। वर्तमानमा जम्मा दुईजना शिक्षकहरू रहेको यस नेपाली विद्यालयमा नेपाली विद्यार्थीहरू छन् तर शिक्षक-शिक्षिका बङ्गला र हिन्दी माध्यमबाट आएका छन्। नेपाली माध्यमका गरिएको बिभागको हेल्चेक्राईलाई स्थानीय ग्रामवासीहरूले बिरोध गरेका छन्। ती स-साना विद्यार्थीप्रति अन्याय भएको स्थानीय बासिन्दाहरू बताउँछन्। विद्यालयको अवस्था पनि कहालीलाग्दो रहेको छ। जम्मा २५ जना विद्यार्थी रहेको यस विद्यालयमा चाँडै नेपाली माध्यमका शिक्षकहरू नियुक्त गरियोस् भनी स्थानीय ग्रामबासीले धेरै दिनदेखि माग गरिरहेको बताएको छ। यस विद्यालयका पुर्व शिक्षक तथा समाजसेवी धुर्वकुमार आलेले विद्यालयको अवस्था दिनदिनै दयनीय भएको अनि पूर्व शिक्षकले पढाउँदा विद्यालय प्राइभेट नै भएता पनि ग्रामवासी र विद्यालय माझ राम्रो सम्वन्ध थियो अहिले आएर चौपट भएको जनाएका छन्।

याे पनि हेर्नुस्


Leave a comment