आस्थाको केन्द्र विश्वेश्वर शिवालय धाम ७५ औँ वर्ष पूरा : हीरक जयन्ती समारोहको दोस्रो दिनको कार्यक्रम सम्पन्न

आस्थाको केन्द्र विश्वेश्वर शिवालय धाम ७५ औँ वर्ष पूरा : हीरक जयन्ती समारोहको दोस्रो दिनको कार्यक्रम सम्पन्न


कालेबुङ: कालेबुङ जिल्ला अन्तर्गत कागे ग्राम पञ्चायत बीच कागेमा राम नवमीको अवसर पारी विश्वेश्वर शिवालय धामको ७५ औँ वर्ष पूरा गरेको सुखद उपलक्ष्यमा तीन दिने कार्यक्रम समारोह सुरु भएको छ। राम नवामीबाट सुरु भएको हीरक जयन्ती कार्यक्रम समारोहको आज दोस्रो दिनको कार्यक्रम सम्पन्न भएको छ।

आज दोस्रो दिनको कार्यक्रममा कार्यक्रम अध्यक्षको रूपमा सिक्किम निवासी राजकुमार प्रधान थिए भने अतिथिको रूपमा राजकुमारकी धर्मपत्नी प्रमिला प्रधान साथै कागे उच्चतर माध्यमिक विद्यालयका प्रधान अध्यापक, कागे विद्या भारती पाठशालाका प्रिन्सिपल साई समितिका पदाधिकारी लगायत विभिन्न संघ संस्थाका पदाधिकारीहरू उपस्थित रहेको थिए।

कार्यक्रमको सुरुवात शिव र देवीको तस्बिरमा धुपदीप प्रज्वलन गरी गरेका थिए भने स्वागत मन्तव्य श्यामकुमार थापाले गरे। कार्यक्रममा विभिन्न सांस्कृतिक लोक नृत्य प्रस्तुत गरेका थिए जसमा रोजिना छेत्री, राधिका छेत्री, रिता छेत्री, बबिता छेत्री, तारा छेत्री, रेवाता छेत्री, रितिका छेत्री, अमृता छेत्री, अनुश्रिया छेत्री, स्वास्तिका छेत्री, प्रतिमा छेत्री, अनिषा गुरुङ, मेनुका छेत्री, जसु छेत्री, बिदुर शर्मा, आदिले एकल तथा सामूहिक लोक सांस्कृतिक नृत्य प्रस्तुत गरे भने आशिष छेत्री र इन्दिरा बस्नेतले एकल गीत प्रस्तुत गरे ।

त्यसै प्रकारले साई भजन मण्डलीद्वारा पञ्चभजन पनि प्रस्तुत गरेका थिए। यसै कार्यक्रममा मन्दिर निर्माणका निम्ति जमिनदाता मनबहादुर सतेलका नाती शङ्कर सतेल, प्रनिष सतेल र नातिनी सिता छेत्री (हाल सोल्कापाडा नगरकट्टा) लाई आयोजक समितिको पक्षबाट सम्बर्धनापत्र र दोसल्ला पहिराएर सम्मान गरे भने मायादेवी तिवारी, कैलाश सुवेदी, मनमाया सुवेदीलाई मायाको चिनो प्रदान गरी सम्मान जनाए।

कार्यक्रमको अन्तमा विश्वेश्वर शिवालय धाम सञ्चालन समितिका अध्यक्ष गङ्गाराम थापाले धन्यवाद ज्ञापन दिए भने कार्यक्रमको सञ्चालन लालबहादुर सुबेदीले गरेका थिए।

याे पनि हेर्नुस्


Leave a comment