भाजपा राज्य अध्यक्ष सुकान्त मजुमदार मदारीहाटमा

भाजपा राज्य अध्यक्ष सुकान्त मजुमदार मदारीहाटमा


कालचिनीः मदारीहाट विधानसभा आसनको उपचुनाउका भाजपा प्रार्थी राहुल लोहारको चुनावी प्रचारका लागि अलिपुरद्वार आएका भाजपा राज्य अध्यक्ष सुकान्त मजुमदारले ममता ब्यानर्जी मुख्यमन्त्री रहुन्जेल यो दुष्कर्म अपराध जारी रहने बताएका छन्।
चुनावी प्रचारका क्रममा भाजपाका नेता तथा कार्यकर्ताले दुष्कर्मको घटनालाई आम जनतासमक्ष उजागर गर्ने सुकान्त मजुमदारले बताए।
मदारीहाट ब्लकका बन्द चियाकमानहरूको बारेमा तिनले तृणमूलका नेताहरूले चियाकमान मालिकहरूसँग मिलेर मजदुरको पैसा लिइरहेको आरोप पनि कसेका छन्। तृणमूल नेताहरू कमानको मालिकपक्षसँग साँठगाँठ गरेर श्रमिकहरूको पैसा खाइरहेको गम्भीर आरोप पनि तिनले लगाएका छन्। पीएफको पैसा खाएर कमान बन्द गर्दै मालिकहरू भागिरहेकोले धेरै मानिसहरू अन्य राज्यमा मजदुरको रुपमा काम गर्न दौडिरहेका सुकान्त मजुमदारले आरोप लगाएका छन्। राज्यमा महिला र बालबालिकाको बेचबिखन भइरहेको, दुष्कर्म र हत्या अपराध बढिरहेको र यसलाई बढावा दिनमा तृणमूल सरकार मात्र जिम्मेवार रहेको थप जनाएका छन्।

याे पनि हेर्नुस्


Leave a comment