विश्वेश्वर शिवालय धामको हिरक जयन्ती समापन कार्यक्रम सम्पन्न


कालेबुङ : विश्वेश्वर शिवालय धाम ७५ औँ वर्ष पूरा गरेको सुखद अवसरमा राम नवामीको छेकपारी कालेबुङ जिल्ला अन्तर्गत कागे ग्राम पञ्चायत बीच कागेमा तीन दिने हिरक जयन्ती अर्थात् डाइमण्ड जुबली कार्यक्रम समारोह आज विधिवत रूपमा समापन भएको थियो। आजको यस समपन कार्यक्रम समारोहमा प्रमुख अतिथिको रूपमा यस क्षेत्रका सभासद् कुमार शर्मा रहेका थिए भने कार्यक्रम अध्यक्षको रूपमा राजकुमार प्रधान रहेका थिए। अतिथिको रूपमा पञ्चायत समिति सदस्य विकास राई, मायादेवी तिवारी, भीमराज सुवेदी, वनमाया सुवेदी आदिको उपस्थिति रहेको थियो।

यस समापन कार्यक्रम समारोहमा विभिन्न सांस्कृतिक लोक नृत्य र भजन नृत्य प्रस्तुत गर्नका साथै गीतहरूको पनि प्रस्तुति रहेको थियो। विश्वेश्वर शिवालय धाम विक्रम सम्वत् २००३ सालमा सम्पूर्ण बिच कागेका गाउँलेहरूको परिकल्पना र अभिलाषामा निर्माण गरेका थिए। सो मन्दिर निर्माणका निम्ति आवश्यक जमिन स्वर्गीय मनबहादुर सतेलले दिएका थिए। त्यसै भूमिमा विक्रम सम्वत् २००३ सालमा एउटा सानो काठ र सिरूको छाना लगाएर मन्दिर निर्माण गरेका थिए। मन्दिर निर्माण पूर्व गाउँलेहरूले शान्ति स्थापना गर्नका निम्ति उत्तरवाहिनी मुक्ति नदीको किनारमा पूजा आराधना गरेका थिए। सो लघु (पूजा) बाट बाँचेको रकमले गाउँलेहरूले परिकल्पना गरेको विश्वेश्वर शिवालय धामको स्थापना गरेका थिए। सोही मन्दिर आज ७५औं वर्ष पूरा गरेको सुखद उपलक्ष्यमा हिरक जयन्ती अर्थात् डायमण्ड जुबली पालन गरेका थिए।


विश्वेश्वर शिवलय धाम निर्माण समितिको संस्थापक सदस्यहरू स्वर्गीय मनबहादुर सतेल जमिनदाता, स्वर्गीय भीमबहादुर प्रधान, स्वर्गीय खड्काबहादुर तिवारी, स्वर्गीय टिकाराम पोख्रेल (मन्दिर पूजारी) स्वर्गीय धनराज तिवारी, स्वर्गीय टिकाभक्त खतिवडा, स्वर्गीय भैरवसिंह बुढाथोकी, स्वर्गीय चन्द्रवीर थापा, स्वर्गीय धनबिर कार्की र शेखरनाथ खतिवडा रहेका थिए भने जसमध्ये शेखर खतिवडा आज जीवित रहेका छन्।

जसलाई आयोजक समितिले पहिलो दिनको कार्यक्रममा सम्मान गरेका थिए। वर्तमान धाम सञ्चालन समितिमा मोहनप्रसाद शर्मा (पुजारी), सभापति गङ्गाराम थापा, उपसभापित ओमनाथ तिवारी, सचिव लालबहादुर सुबेदी, सह-सचिव भोलानाथ सुवेदी, काेषाध्यक्ष-सञ्जोक सुवेदी, मन्दीर सञ्चालन कार्यकर्तामा प्रणाम राई, तिलक थापा, भेषराज दवाडी, वीरबहादुर सुवेदी, श्याम कुमार थापा, यादु कुमार तिवारी, गोपाल तिवारी, ज्ञानमनि बुढाथाेकी रहेका छन्।


हामी सम्पूर्ण बीच कागे गाउँले लगायत वरिपरिका सम्पूर्ण मानुभाव मिली यस हिरक जयन्ती कार्यक्रम समारोह अत्यन्तै भव्यताका साथ सफल गर्न सक्यौँ र सम्पूर्ण गाउँले साथै सहयोगी मनहरूप्रति हार्दिक आभार व्यक्त गरे आयोजक समितिको पक्षमा लालबहादुर सुबेदीले। आजको यस हिरक जयन्ती समर्पण कार्यक्रममा विभिन्न रङ्ग रङ्ग कार्यक्रमका साथ सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन श्यामकुमार थापाले गरेका थिए।

याे पनि हेर्नुस्


Leave a comment