छुदेन काबिमो कृत उरमालको लोकार्पण

छुदेन काबिमो कृत उरमालको लोकार्पण


बिरपाडा : उपन्यासकार छुदेन काबिमाेद्वारा लिखित उपन्यास उरमालको लोकार्पण कार्यक्रम आज बिरपाडामा सम्पन्न भयो। उक्त कार्यक्रमको अध्यक्षता डुवर्स नेपाली साहित्य विकास समितिका महासचिव रबिन खवासले गरेका थिए भने प्रमुख अतिथिका रूपमा समालोचक मननारायण प्रधान उपस्थित रहेका थिए। कार्यक्रमको सुरुमा रुपेश विश्वद्वारा कवितावाचन गरेर सुरु गरे भने स्वागत मन्तव्य सन्दीप शर्माले राखे।
उपन्यासकार छुदेन काबिमोसँग अन्तरसंवाद डा. रुद्र क्षेत्रीले गरे। डाक्टर रुद्र क्षेत्रीबाट सोधिएको प्रश्नमा, -उरमालको विभिन्न जग्गामा लोकार्पण हुनु भनेको के पुस्तकको विज्ञापन गर्नु होइन? यस प्रश्नको जवाफमा – मेरो त लेख्ने काम हो लेखिदिए यसको प्रचारप्रसार प्रकाशक र वितरकले गरिरहेको अवस्था छ। त्यति हुँदाहुँदै पनि हामी सहज रूपमा पाठकसम्म पुग्ने एउटा माध्यम पनि रहेको छ। यसैले पनि होला हाम्रा साथीभाइहरू मिलेर विभिन्न जग्गामा लोकार्पण कार्यक्रम गर्दैछौँ।


यसै कार्यक्रमलाई माध्यम बनाएर डुवर्सेली साहित्य दशा र दिशा शीर्षकमा एक बहस पनि गरियो। यस बहसको प्यानलमा रहेका थिए समालोचक रूपेश शर्मा र कवि पवित्र लामा । यस बहसको सहजकर्ताको रूपमा माया शर्मा रहेकी थिएन्। डुवर्सेली नेपाली साहित्य वर्तमानमा आशालाग्दो अवस्थामा अघि बढिरहेको र सक्रिय रूपमा काम गरिरहेको छ भनी समलोचक रुपेश शर्माले बहसको क्रममा भने। डुवर्सेली नेपाली साहित्यमा नारीहरूको उपस्थिति बाक्लिएको कुरामा जोड दिँदै बहसमा कवि पवित्र लामाले आफ्नो विचार व्यक्त गरे। जसरी फातसुङले पाठकको माया पाए त्यसरी नै यस उपन्यास उरमालले पनि पाठककाे माया प्रशस्तै पाउने कुरामा विश्वस्त रहेको कुरा आफ्नो मन्तव्यमा कार्यक्रम सभाध्यक्ष रबिन खवासले व्यक्त गरे।
डुवर्स नेपाली साहित्य विकास समिति, डुवर्स युवा साहित्य संवाद र हाम्रो समाजद्वारा आयोजित पुस्तक लोकार्पण साथै अन्तरसम्बत कार्यक्रममा डुवर्सका विभिन्न ठाउँहरूबाट साहित्यिक महानुभावहरूको बाक्लो उपस्थित रहेको थियो भने कार्यक्रमलाई सञ्चालन माया शर्मा र सन्दीप शर्माले गरेका थिए।

याे पनि हेर्नुस्


Leave a comment