दार्जिलिङे ठिटीलाई यूट्युबमा सर्वजनिक

दार्जिलिङे ठिटीलाई बाेलकाे गीत अबीर खालिङले रचना गरेका छन् भने स्वर थुप्देन भाेटियाकाे स्वर रहेकाे छ ।



नेपाली सङ्गीत जगत्मा स्थापित र चर्चित गायक थुप्देन भोटियाको स्वर रहेको दार्जिलिङे ठिटीलाई बोलको गीत अबीर खालिङ अफिसियल यूट्युब चेनालमा सर्वजनिक भएको छ । यस गीतका गीतकार अबीर खालिङ स्वयम् रहेको छ भने प्रदीप छेत्रीले प्रस्तुत गीतलाई सङ्गीत दिएका छन् । दार्जिलिङ क्षेत्रको पर्यटकीय स्थलहरूको दृश्य समावेश गरिएको दार्जिलिङे ठिटीलाई म्यूजिक भिडियोमा आइसा तामाङ र सुदिप छेत्रीको रोल मोडल रहेको छ । सकुन राईद्वारा निर्माण गरिएको यस म्यूजिक भिडियोको छायाँङ्कन र सम्पादन भावेश सि. ठकुरीले गरेका छन् भने सङ्गीत संयोजन सुरन बर्मेले गरेका छन् ।

पुरा भिडियाे हेर्नुस्

याे पनि हेर्नुस्

Leave a comment