दिदीको आगमनलाई लिएर युवा तृणमूल कंग्रेसको पत्रकार ‌सम्मेलन

दिदीको आगमनलाई लिएर युवा तृणमूल कंग्रेसको पत्रकार ‌सम्मेलन


कालचिनीः मंगलबार अपराह्न समय मुख्यमन्त्री ममता ब्यानर्जी हवाई मार्ग भएर हाँसीमारा आइपुगिन् भने तिनको स्वागतमा मंगलबार हाँसीमारा र सुभाषिनी चियाकमान संलग्न ३१ सी राष्ट्रिय राजमार्ग किनारी नेता अनि समर्थकहरूको भीड़ जमायत भएको थियो। मुख्यमन्त्रीको आगमन र आगामी २३ जनवरीको दिन सुभाषिनी मैदानमा सम्पन्न हुने पब्लिक डिस्ट्रीब्यूशन कार्यक्रमलाई सफल बनाउन मंगलबार तृणमूल युवा कंग्रेस, कालचिनी ब्लक सभापति पवन योल्मोले हाँसीमारामा पत्रकार ‌सम्मेलन गरे। मुख्यमन्त्रीको कार्यक्रममा सहभागी बन्न सबैलाई आह्वान गर्दै पवन योल्मोले युवा जमातलाई विभिन्न ठाउँबाट सभास्थलमा जमायत गर्ने र जनताको सुविधा गर्न तैनाथ पुलिस प्रशासनलाई हातेमालो गर्ने सभामा जानकारी गराएका छन्।
यता मुख्यमन्त्री आज मलङ्गी लजमा विश्राम गर्ने प्रशासनिक सुत्रबाट थाह लागेको छ भने बुधबार अलिपुरद्वारमा प्रशासनिक बैठकमा मुख्यमन्त्रीको उपस्थिति रहने बताइएको छ। २३ जनवरीको दिन सुभाषिनी मैदानमा मुख्यमन्त्री ममता ब्यानर्जीले पब्लिक डिस्ट्रीब्युशन कार्यक्रमलाई सम्बोधन गर्नको साथै विभिन्न परियोजनाहरूको शिलान्यास र उद्घाटन एवम् प्रकल्प वितरण गर्ने छिन्।

याे पनि हेर्नुस्


Leave a comment