डुवर्सव्यापी सोनाम ल्होछार भव्यताको साथ सम्पन्न

डुवर्सव्यापी सोनाम ल्होछार भव्यताको साथ सम्पन्न


कालचिनीः आज डुवर्सव्यापी सोनाम ल्होछार डुवर्स तामाङ बौद्ध संघको आयोजनामा भव्यताको साथ सम्पन्न भयो। बिहान ११ बजी शुरु भएको उक्त समारोहमा मुख्य अतिथिको रुपमा अलिपुरद्वार जिल्ला परिषदका सभाधिपती स्निग्धा साइबो रहेको थियो भने विशिष्ट अतिथिमा जेडीए चेयरम्यान गङ्गाप्रसाद शर्मालगायत कालचिनी ग्राम पञ्चायतका प्रधान ज्योति गुरुङ एवम् डुवर्स तामाङ बौद्ध संघका प्रधान मुख्य संरक्षक कल्पना बल, सल्लाहकार असीम पाख्रिन, मूलसचिव कुमार गोले, अध्यक्ष डीबी वाईबा, कालचिनी पञ्चायत समितिका सहकारी सभापति नितु राणा तामाङ, मदारीहाट पञ्चायत समितिका चेयरम्यान आशा एस बम्जन एवम् डुवर्स तामाङ बौद्ध संघको केन्द्रिय समितिको सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रमममा प्रथमत राष्ट्रिय झण्डा, संघको झण्डा र धर्मको झण्डा मुख्य अतिथि औ विशिष्ट अतिथिहरूको करकमलबाट उत्तोलन गरिएको थियो।


यस क्रममा तामाङ हस्तीहरू स्व. पीएल मोक्तान, एमएस बम्जन, धीरज मोक्तान, बीएम योञ्जन र सुखमन मोक्तानको प्रतिकृतिमा धुपदीप बालेर श्रद्धाञ्जली अर्पण गरिएको थियो।


समारोहमा नीट परीक्षा उत्तीर्ण विद्यार्थीहरूलाई सम्वर्द्धना प्रदान गरिएको थियो भने तामाङ नृत्य कलाकारहरूले सुन्दर नृत्य प्रस्तुत गरेको थियो।

याे पनि हेर्नुस्


Leave a comment