डुवर्स तामाङ बौद्ध संघको आयोजनामा सम्पन्न हुने डुवर्यव्यापी सोनम ल्होछार
कालचिनी : डुवर्स तामाङ बौद्ध संघको आयोजनामा आगामी २ फरवरीको दिन कालचिनीस्थित बक्सा क्लब मैदानमा छैठौँ डुवर्सव्यापी सोनम ल्होछार भव्यताको साथ सम्पन्न हुने जानकारी संघका महासचिव कुमार गोलेले दिएका छन्।अन्तिम तयारी चलिरहेको क्रममा सोमबार कार्यक्रमस्थलको निरीक्षण गर्न आयोजक कमिटीको अध्यक्ष श्याम थोकर, सल्लाहकार असीम पाख्रिन, केन्द्रिय अध्यक्ष डीबी वाईबा, संयुक्त महासचिव शरण लामा एवम् सदस्यहरू बक्सा क्लब मैदानमा पुगेको थियो।
विशेषगरी तामाङ जातिको महान् चाढ तथा नयाँ वर्षको उपलक्ष्यमा डुवर्सव्यापी सोनम ल्होछारको आयोजना गरिने र यसको निम्ति दार्जीलिङ, सिक्किम, नेपाललगायत डुवर्सको पूर्व, मध्य र पश्चिम भेगका तामाङ सन्तानहरूको उपस्थिति रहने सल्लाहकार असीम पाख्रिनले जनाएका छन्। कार्यक्रमलाई रमाइलो बनाउन तामाङ नृत्य अनि सङ्गीतको प्रस्तुति साथै तामाङ जातिको संस्कृति र इतिहास सम्बन्धमा उपस्थित विज्ञजनले सम्भाषण गर्ने पनि आयोजक कमिटीको अध्यक्ष श्याम थोकर र शरण लामाले जनाएका छन्।