मेचपाडा चियाबारी खोलिने

मेचपाडा चियाबारी खोलिने


कालचिनी: गत ९ जनवरीको दिन अचानक ठप्प बनेको मेचपाडा चियाबारी २३ जनवरीको दिनदेखि पुनः सञ्चालनमा आउने भएको छ। गत १३ जनवरीको दिन डुवर्सकन्यामा पहिलो त्रिपक्षीय बैठक बसिए तापनि सो बैठक विफल बनेको थियो भने यसबीच मङ्गलबार डुवर्सकन्यामा सम्पन्न भएको त्रिपक्षीय बैठकमा अन्ततः मेचपाडा चियाबारी २३ जनवरीको दिनदेखि पुनः खोलिने बताइएको छ।
यता कमान खोलिने भएपछि मेचपाडा चियाकमानको श्रमिकहरूमा हर्षको लहर छाए तापनि कमानलाई जबरजस्ती सङ्कटमा हाल्न खोज्ने प्रबन्धनपक्षसँग श्रमिकहरू दुखित बनेका छन्। चुक्ति मुताबिक श्रमिक अनि स्टाफ सबस्टाफहरूको बकाया वेतनहरू आगामी ३० जनवरीसम्म कमान कर्तृपक्षलाई प्रदान गरिने युनियन नेताहरूले जनाएका छन्।

याे पनि हेर्नुस्


Leave a comment