कालचिनीः आइतबार दिउँसो १२:३० बजी अलिपुरद्वारको कोर्ट मोड नजिकैको लटरी पसलमा खोल्टा चेकपोष्ट क्षेत्रका एक व्यक्ति अर्का साथीसँग सो लटरी दोकानमा आएर २ लाख २५ हजारको नक्कली जितेको लटरी टिकट नगद लिएको घटना प्रकासमा आएको छ।
उक्त लटरी दोकानका एकजना कर्मचारी लटरी टिकट लिएर अर्को लटरी बिक्रेताकहाँ गएपछि व्यापारीले लटरीको टिकट नक्कली भएको थाहा पाए। त्यसपछि दुवै अभियुक्तलाई लटरी दोकानका कर्मचारीले समातेर राखेका थिए। एकजना पछि रिहा भए पनि मुख्य अभियुक्तलाई लटरी दोकानका कर्मचारीहरूले बन्दी बनाएर राखेको थियो। अलिपुरद्वार थानाको एन्टी क्राइम टोली सूचना पाएपछि घटनास्थलमा पुगेर सबै घटनाको विवरण सुनेपछि पुलिसले आरोपीलाई पक्राउ गरेको थियो।