नेप इण्डिया फाउण्डेशन,दार्जीलिङद्वारा बानरहाटको आनन्दम आश्रममा गणतन्त्र दिवस पालन

नेप इण्डिया फाउण्डेशन,दार्जीलिङद्वारा बानरहाटको आनन्दम आश्रममा गणतन्त्र दिवस पालन

बानरहाटः प्राप्त जानकारी अनुसार २६ जनवरीको दिन ७६ औँ गणतन्त्र दिवसको उपलक्ष्यमा बानरहाट सेन्ट्रल डुवर्समा अवस्थित “आनन्दम आश्रम” मा नेप इण्डिया फाउण्डेशन दार्जीलिङका टोली पुगे। त्यहाँ रहेका दृष्टिहीन र अन्य शारीरिक अनि मानसिक रूपले ग्रस्त व्यक्तिहरूसित भलाकुशारी गर्दै नेप इण्डिया फाउण्डेशन, दार्जीलिङका टोलीले दिनभर उनीहरूसित हर्ष उल्लासको साथ बिताए। संस्थाका बरिष्ठ सदस्य तथा शीर्ष नागरिक श्रीमती दीपा रानी ठकुरीले राष्ट्रिय ध्वज उत्तोलन गरे पश्चात् आश्रमका दिव्याङ्ग व्यक्तिहरू लगायत नेप इण्डिया फाउण्डेशन, दार्जीलिङका सदस्यहरूले एकजुट भएर गाएको राष्ट्रिय गानले सबैलाई मन्त्रमुग्ध बनाएको जान्नमा आएको छ।

अङ्ग्रेजहरूको २०० वर्षीय कुशासनपछि मुक्त देशवासीले आफ्नै संविधान कार्यवान्वित भएको दिनलाई “गणतन्त्र दिवस” को रूपमा हर्ष उल्लासको साथ सर्व भारतभरि मनाउने गर्दछ। उक्त संस्थाको तर्फबाट स्वादिष्ट मिठाई बितरण गरियो र नृत्य र गीतले माहौल अझ रौनक भएको जान्नमा आएको छ। संस्थाका मूलसचिव श्रीमती आराधना नाम्चुले आश्रमको लागि आवश्यक खाद्य बस्तु लगायत चामल, दाल, तेल, आँटा प्रदान गरिन् भने यसै क्रममा संस्थाको तर्फबाट अध्यक्ष श्रीमती निलम तामाङ्ले त्यस आश्रममा रहेका सबै दिव्याङ्गहरूलाई क्रमैले नकद राशी प्रदान गरिन्। यसरी नै साङ्गे ल्हमु र सीता रजक,सदस्यहरूले फल, अण्डा ,चिनी प्रदान गरे। निलम तामाङ (छेत्री), अध्यक्षको अगुवाइमा टोलीका अन्य सदस्यहरू क्रमैले, उर्गेन पाखरिन प्रमुख सल्लाहकार,मीना सेवा-सह संयोजिका, सीबी छेत्री – कोषाध्यक्ष सहयोगी हातको रूपमा सामेल थिए।

याे पनि हेर्नुस्


Leave a comment