सरकारी प्रकल्प वितरणमा कसैले पैसा मागे कानूनी कार्रवाई हुने- मुख्यमन्त्री ममता ब्यानर्जी

सरकारी प्रकल्प वितरणमा कसैले पैसा मागे कानूनी कार्रवाई हुने- मुख्यमन्त्री ममता ब्यानर्जी


कालचिनी: मुख्यमन्त्री ममता ब्यानर्जीले बुधबार अलिपुरद्वारमा प्रशासनिक बैठकको अध्यक्षता गरिन्। प्रशासनिक बैठकमा मुख्यमन्त्रीले अलिपुरद्वार जिल्ला गठन पश्चात धेरै सुविधाहरू प्रदान गरिएको तर विकासमूलक काम र परियोजनामा कतिपय ढिल्याईप्रति सम्बन्धित विभागका अधिकारीहरूलाई द्रुत गतिमा काम पुरा गर्ने निर्देश पनि दिईन्। प्रशासनिक बैठकमा मुख्यमन्त्रीले अलिपुरद्वार जिल्लाबाट वन विभागको धेरै गुनासोहरू सुन्नमा आएको भन्दै वन विभागका एफडी डीएफओहरूलाई जङ्गल संरक्षणको कुरा सोँच्नु राम्रो हो तर जनसाधारणको हितलाई ध्यानमा राखेर वन विभागले काम गर्नुको सट्टा जनसाधारणलाई विरक्त गरिएको रिपोर्ट आएकोले अधिकारीहरूलाई चेताउनी पनि दिईन्।
बक्सा व्याघ्र प्रकल्पको राजाभातखावा फरेस्ट चेकमा पर्यटकहरूले धेरै फीस तिरेर जान पर्ने स्थितिको वर्णन अलिपुरद्वार विधायक सुमन कान्जिलालले राखेपछि मुख्यमन्त्री वन विभागसँग बम्किन्दै पैसा तिरेर किन पर्यटकहरू जान्छ भन्दै के वन विभाग सरकारबाट अलग हो भन्दै प्रश्न तेर्साएकी थिईन्।
मुख्यमन्त्रीले पर्यटन विकासको निम्ति होमस्टे अझै वृद्धि गरिने बताउँदै जनसाधारणको सुविधालाई पन्साएर कसैले काम नगर्ने स्पष्ट मन्तव्य मुख्यमन्त्री ममता ब्यानर्जीले राखिन्। प्रशासनिक बैठकको मञ्चबाट नै मुख्यमन्त्रीले बिहीबार २३ जनवरी नेताजी सुभाष चन्द्र बोसको जन्मदिनलाई विशेष बनाउन आगामी २४ जनवरीको दिन सुभाषिनी सभास्थलमा सबैले आ-आफ्नो धर्म र आस्था अनुरूप शंख आदि लिएर आउने निवेदन पनि गरेकी छन्।

याे पनि हेर्नुस्


Leave a comment