थीरूप्रसाद नेपालको कथासङ्ग्रह श्रवणकुमारको देशमा डुवर्समा विमोचन

थीरूप्रसाद नेपालको कथासङ्ग्रह श्रवणकुमारको देशमा डुवर्समा विमोचन



बाग्राकोटः सिक्किमका वरिष्ठ कथाकार थीरूप्रसाद नेपालको नवौँ कथा सङ्ग्रह ‘श्रवणकुमारको देशमा’ बाग्राकोटस्थित हाईवे होटलमा विमोचन भयो। उक्त कार्यक्रमको आयोजना डुवर्स नेपाली साहित्य विकास समितिले गरेका थिए। कार्यक्रमको सभापतित्व डुवर्सका वरिष्ठ साहित्यकार गोपालसिंह विश्वले गरेका थिए भने मुख्य अतिथिको रूपमा सिक्किमका वरिष्ठ साहित्यकार एवम् सिक्किम सरकारका प्रेस सल्लाहकार सीपी शर्मा, विशिष्ठ अतिथिको रूपमा सिक्किम जय निर्मला प्रकाशनका प्रमुख भीमलाल दाहाल, डा. प्रणय खतिवडा, कला साहित्य संस्थान, नाम्चीका अध्यक्ष गोकुल राई, डुवर्सका समालोचक मननारायण प्रधान,साहित्यकार आशबहादुर लिम्बू,कवि देविका मङ्ग्रान्ती, साहित्यसेवी एवम् समाजसेवी अर्जुन दाहाल,एसएन रिजाल, जेठा सुब्बा, कवि वेगवसन्त थापा आदिको उपस्थिति रहेको थियो। सभापति र मुख्य अतिथिको बाहुलीबाट द्वीप प्रज्जलनपछि थालिएको कार्यक्रममा स्वागत वक्तव्य डुवर्सका कथाकार एवम् कवि अबीर खालिङले राखेका थिए। कार्यक्रममा मुख्य अतिथि, विशिष्ठ अतिथिहरूको बाहुलीबाट श्रवणकुमारको देशमा कथासङ्ग्रहको बिमोचन गरियो।


कार्यक्रमलाई सम्बोधन गर्दै सिक्किमका वरिष्ठ साहित्य एवम् सिक्किम सरकारका प्रेस सल्लाहकार सीपी शर्माले भने, सिक्किमको साहित्यकारको कृतिलाई डुवर्सले विमोचन गर्ने जुन सजगता देखाउनु भयो त्यसको निम्ति डुवर्सवासीलाई सिक्किमको तर्फबाट बधाई टक्राउँदछौँ| हामीले साहित्य र साहित्यकारलाई सम्मान गर्नुपर्छ।

तिनले भने, वर्तमान सिक्किम सरकार साहित्य र साहित्यकारहरूप्रति सकरात्मक छन्। डुवर्ससित सिक्किमको पुरानो साइनो छ| भविष्यमा डुवर्सको कार्यक्रमहरूमा सामेल हुनेछौँ भन्दै तिनले डुवर्सका साहित्यकारहरूको सामुहिक कृति वनाउछ भने परी प्रकाशनले प्रकाशन गरिदिने छ भने|


बिमोचन कार्यक्रमलाई सम्बोधन गर्दै डुवर्सका समालोचक मननारायण प्रधानले थीरूप्रसाद नेपालको कथाहरूमा प्रतिक र विम्बको प्रयोग वढ़ी मात्रमा पाइन्छ| तिनले भने, श्रवणकुमार पौराणिक कथामा आमा-बाबालाई श्रद्धा गरिन्थ्यो भने तर आधुनिक युगका श्रवणकुमारले आमा-बाबालाई वृद्ध आश्रममा पुर्यारउने गर्छन्। आधुनिक युगका श्रवणकुमारलाई आफ्नो आमा-बाबालाई श्रद्धा गर्नुपर्ने सन्देश दिएका छन् भने।


कार्यक्रमलाई सम्बोधन गर्दै कथाकार थीरूप्रसाद नेपालले मेरो कृतिलाई डुवर्सको भूमिमा बिमोचन गर्ने प्रबन्ध मिलाई दिने डुवर्स नेपाली साहित्य विकास समिति, कथाकारद्वय अबीर खालिङ, अशोक रोका अनि कृति प्रकाशनको निम्ति सिक्किकका मुख्यमन्त्री पीएस गोलेलाई धन्यवाद जनाए| कार्यक्रमलाई कथाकार अशोक रोका, भीमलाल दाहाल आदिले पनि सम्बोधन गरेका थिए|

निबन्धकार अजय खड्काले सञ्चालन गरेको कार्यक्रममा कवि देविका मङ्ग्रान्ती, वेगवसन्त थापा, प्रशान्ती राई र रूपेश विश्वरले कविता, गजल पाठ गरेका थिए|

याे पनि हेर्नुस्


Leave a comment