तीन महीनापछि पर्यटकहरूको निम्ति खोलियो बक्सा ब्याघ्र प्रकल्प
कालचिनीः विगत १६ जुनदेखि वन्यजीव संरक्षणको निम्ति वन विभागले उत्तरबङ्गालका ८ वटा संरक्षित जङ्गल तथा अभराण्यहरू तीन महीनाको निम्ति बन्द राखेको थियो भने सोमबारदेखि बन्द राखिएको उक्त जम्मै संरक्षित अभराण्यहरू सोमबारदेखि पुनः खोलिएको छ। सोमबार बिहानदेखि बक्सा ब्याघ्र प्रकल्पको राजाभातखावास्थित बीटीआरको प्रवेशद्वारबाट ३९ वटा वाहन अनि १६९ जना पर्यटकहरूलाई प्रवेश गराइएको र बक्सा पर्यटकीय क्षेत्रमा भ्रमण गरेको जानकारी बक्सा ब्याघ्र प्रकल्पको फील्ड डाइरेक्टर अपूर्व सेनले दिएका छन्।
वन्यजीव संरक्षण एवम् प्राकृतिक जैव विविधताको रक्षार्थ तीन महीना जङ्गल प्रवेशमा वन विभागले रोक लगाएको थियो भने पूजा उत्सवको अघि पर्यटकहरूको निम्ति एवम् क्षेत्रको पर्यटन व्यावसायलाई मध्यनजर गर्दै अभरान्य तथा नेशनल पार्क खुल्ला गरिएको वन विभागले जनाएका छन्।