तृणमूल चियाबारी श्रमिक यूनियनको पदयात्रा शुरु

तृणमूल चियाबारी श्रमिक यूनियनको पदयात्रा शुरु

कालचिनीः पूर्वघोषित कार्यक्रम अनुरूप मंगलबार अलिपुरद्वार जिल्लाको असम बङ्गाल अनि भारत भोटाङ सीमान्त कुमारग्राम खण्डको सुनकोश चियाबारीदेखि तृणमूल चियाबारी श्रमिक यूनियन (टीसीबीएसयू) को पदयात्रा आरम्भ भएको छ। सुनकोश चियाबारीमा बिहान दलीय अनि ट्रेड यूनियन झण्डा उत्तोलनसितै पदयात्रा शुरु गर्न अघि दलीय नेता अनि कार्यकर्ताहरू समक्ष पदयात्राको औचित्यमाथि तृणमूल अलिपुरद्वार जिल्ला सभापति तथा राज्यसभा सांसद प्रकास चीक बडाइकलगायत तृणमूल नेता मृदुल गोस्वामी, सौरभ चक्रवर्ती, मदारीहाट विधायक जयप्रकाश टोप्पो, टीसीबीएसयू अध्यक्ष विरेन्द्र बारा उराँव, टीसीबीएसयू अलिपुरद्वार जिल्ला सभापति विनोद मिञ्ज, छात्रा नेता समीर घोष एवम् अन्यान्य नेतृत्वको उपस्थिति रहेको थियो। पदयात्रा सुनकोश चियाबारीदेखि शुरु हुँदै कुमारग्राम चियाबारी, न्यूल्याण्ड्स चियाबारी, तुरतुरी खण्डको रायडक, कोहिनूर आदि चियाबारीमा स्ट्रीट कर्नर गर्दै धौला झोडा चियाबारीदेखि सोझै कालचिनी खण्डको अठियाबारी चियाबारीमा आएर रात्रि विश्राम गरिने तृणमूल अलिपुरद्वार जिल्ला सभापति तथा राज्यसभा सांसद प्रकास चीक बडाइकले जनाएको छ।


उल्लेखनीय छ, मंगलबार अलिपुरद्वार जिल्लाको कुमारग्राम खण्डको सुनकोश चियाबारीदेखि यो पदयात्रा शुरु भएको छ भने अर्कोतिर टीसीबीएसयू जलपाइगढी जिल्लाको एलेनबारी चियाबारीदेखि पनि उही पदयात्रा शुरु भएको बताइएको छ। टीसीबीएसयू अध्यक्ष विरेन्द्र बारा उराँवले जनाएअनुसार बुधबार बिहान अठियाबारीमा खाजा खाएपछि चुवापाडा चियाबारी हुँदै मधु चियाबारी त्यहाँ हाट मदारीहाट बीरपाडा खण्डको चियाकमानमा प्रवेश गर्ने रुट म्याप बनाएको छ।

याे पनि हेर्नुस्


Leave a comment