दिघामा जगन्नाथ मन्दिर उद्घाटन जयगाउँमा प्रार्थना कार्यक्रम
जयगाउँ : पश्चिम बङ्गालको दिघा क्षेत्रमा निर्मित भव्य भगवान जगन्नाथ मन्दिरको उद्घाटनको अवसरमा जयगाउँमा पनि विशेष पूजा तथा प्रार्थना कार्यक्रम आयोजना गरिएको छ| दिघामा २५० करोड रुपियॉंको लागतमा २० एकर क्षेत्रफलमा निर्मित यो मन्दिरको उद्घाटन आज पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले गरेकी हुन्|
यस ऐतिहासिक अवसरलाई स्मरणीय बनाउन जयगाउँ दुई नम्बर ग्राम पञ्चायत क्षेत्रका तृणमूल कांग्रेस नेताहरूले जयगाउँ थाना नजिक रहेको काली मन्दिरमा आज बिहान विशेष पूजा, प्रार्थना र अनुष्ठानको आयोजना गरे| कार्यक्रममा सहभागी टीएमसी नेता फुर्बा लामाले भने, हाम्रो मुख्यमन्त्री दिदीद्वारा यति ठूलो र धार्मिक रूपमा महत्त्वपूर्ण कार्य सम्पन्न भएकोमा हामी निकै गर्वित छौँ| त्यसैको हर्षमा हामीले जयगाउँमा पनि पूजा गरी यो ऐतिहासिक दिन मनाएका छौँ| उक्त कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो|
याे पनि हेर्नुस्
