सांसद राजू विष्टले 15 लाखको सहयोग गर्ने घोषणा

सांसद राजू विष्टले डुवर्सेली गोर्खा भवनलाई 15 लाखको सहयोग गर्ने घोषणा

सिलगढीः सिलगढीमा बन्दै गरेको डुवर्सेली गोर्खा भवनका टोलीले आज दार्जिलिङका सांसद राजु बिष्टसितलाई उनको मतिगडा स्थित उनको निवासमा भेटघाट गऱ्यो। सिलगढीमा बन्दै गरेको गोर्खा भवनलाई लिएर लामो चर्चा चलेपछि सांसद राजु बिष्टले यो राम्रो कार्य हो भने। आजको यस भेटघाट कार्यक्रममा डुवर्सेली गोर्खा भवनका अध्यक्ष दावा बम्जन, महासचिव प्रभात थापा, सचिव सुवर्ण छेत्री र भेटघाट कार्यको अगुवाई गर्ने मिलनमोडका युवा समाजसेवी हेमन्त गौतमको पनि उपस्थिति रहेको थियो।

यस भवन निर्माण कार्यको निम्ति सांसद राजु बिष्टले निजी कोषबाट ५ लाख अनि एमपीलेट कोषबाट १० लाख रुपियाँ दिने घोषणा पनि गरेका छन्। गोर्खा भवन निर्माण कमिटीका अध्यक्ष दावा लामाले यस भवन निर्माणका निम्ति सबै सबैलाई अघि आएर यस सिलगढीको भूमिमा एउटा महान कार्य गरेर देखाउनुपर्छ भन्ने बारे सहयोग गरिदिने पनि बताएका छन्। यो गोर्खा भवन साधारण भवन मात्र नभएर गोर्खा जातिकै एउटा धरोहर बन्नेछ भनि बताएका छन्।

याे पनि हेर्नुस्


Leave a comment