भुटानमा जलपाइगढ़ी कामदारको रहस्यमय मृत्यु


जयगाउँः भुटानको पारोमा काम गएको जलपाइगढ़ीको ४५ वर्षीय कामिनी रोय शंकास्पद अवस्थामा मृत फेला परेका थिए। ठेकेदार फिरोजले व्हाट्सएप मार्फत परिवारलाई कामिनीको आत्महत्याबाट मृत्यु भएको जानकारी दिएपछि तिनको शव जयगाउँ ल्याइएको थियो। यद्यपि परिवारले तिनका सहकर्मीहरूको समयभन्दा पहिले नै निस्कने समयमाथि प्रश्‍न उठाउँदै कामिनी मानसिक रूपमा बलियो रहेको र यस्तो कदम चाल्नुको कुनै कारण नभएको दाबी गर्दै यस मृत्युमा कुनै प्रकारको षड्यन्त्र भएको आशंका गरेको छ। परिवार पक्षबाट तिनलाई काम गरेको ज्याला नदिएको पनि आरोप लगाएका छन्। शवलाई पोस्टमार्टमको लागि जलपाइगढ़ी सदर अस्पताल पठाइएको छ। मृत्यु पछाड़िको कारण पोस्टमार्टम रिपोर्ट आएपछि नै सत्यतथ्य पत्ता लाग्ने जानकारी प्राप्त भएको छ।

Leave a comment