आदित्य थापालाई कालचिनी ब्लक तृणमूल कांग्रेस युथद्वारा सम्मान

यो मेरो छोराको जित मात्र नभएर सम्पूर्ण एकाडमीको जित हो र यसमा गर्वित भएको छु-उत्तम थापा


दलसिंहपाड़ा : दलसिंहपाड़ाका युवा फुटबल खेलाड़ी आदित्य थापालाई राष्ट्रिय फुटबल खेल सन्तोष ट्रफी विजय गरी फर्केकोमा कालचिनी ब्लक तृणमूल कांग्रेस युथको तर्फबाट सम्मान जनाएको छ|उक्त सम्मान दलसिंहपाड़ा एम.एस.के.खेलमैदानमा एउटा कार्यक्रम बीच सम्पन्न गरेको थियो| यस सम्मान कार्यक्रममा सम्मानपत्र, स्मृति चिन्ह, फूलको गुच्छा लगायत खदा पहिराएर फुटबल खेलाड़ी आदित्य थापालाई सम्मान जनाएको थियो भने आदित्य थापाका बाबा उत्तम थापालाई पनि सम्मान पत्रद्वारा सम्मान गरेका थिए|

यसै गरी दलसिंहपाड़ा स्पोर्ट्स एकाडमीका मुख्य कोच बिमल मुखियालाई पनि फूलको गुच्छा, स्मृति चिन्ह र खादा पहिराएर सम्मान जनाएका थिए| युवा खेलाड़ी आदित्य थापाको सम्मानमा कालचिनी ब्लक तृणमूल कांग्रेस युथ सभापति पावन याल्मो, पञ्चायत समितिका भाइस चेयरम्यान नितु राना, दलसिंहपाड़ा अञ्चल युथ सभापति आशिष छेत्री लगायत कालचिनी, जयगाउँ दलसिंहपाड़ाका युवाहरूको भारी मात्रामा उपस्थिति रहेको थियो|

समाजसेवी एवम् कालचिनी ब्लक तृणमूल काङ्ग्रेस युथ सभापति पवन याल्मोले भने, आदित्य थापाको यो जीत दलसिंहपाड़ाको मात्र नभएर सिङ्घो कालचिनी ब्लकको हो यसमा हामी हर्षित भएका छौँ| सुन्दर भविष्यको कामना पनि गरे|

यसै अवसरमा दलसिंहपाड़ा स्पोर्ट्स एकाडमीका मुख्य कोच विमल मुखियाले भने हाम्रो एकाडमीबाट आदित्य मात्र नभएर थुप्रै युवाहरू छन् जो नेशनल लेभल जाने योग्य भइरहेको छ| यस एकाडमीमा जोडिएर काम गर्न पाएकोमा एकाडमीका संस्थापक उत्तम थापालाई विशेष आभार व्यक्त पनि गरे|

एकाडमीका संस्थापक उत्तम थापाले सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै भने यो मेरो छोराको जित मात्र नभएर सम्पूर्ण एकाडमीको जित हो र यसमा गर्वित भएको छु| ज्ञात रहोस्, दलसिंहपाडाको युवा खेलाडी आदित्य थापा दलसिंहपाड़ा निवासी उत्तम थापा र रिना लिम्बु थापाका छोरा हो|

जसले पश्चिम बङ्घालको फुटबल टिमबाट हैदरबादमा भएको राष्ट्रिय स्तरको फुटबल खेल सन्तोष ट्रफीमा केरालालाई १ शून्य गोलले पराजित गरी बिजय बनेका थिए| युवा खेलाड़ी आदित्य थापालाई यस विजयको पारितोषिक स्वरूप पश्चिम बङ्घालकी मुख्यमन्त्री ममता व्यनर्जीले पुलिस विभागमा एएसआई जस्तो गरिमामय पदले विभूषित गरेका थिए| यसै सुखद अवसरमा आज तिनलाई सम्मान जनाएका थियो|

याे पनि हेर्नुस्


Leave a comment