खेल सामाग्री वितरण
वीरपाडा : आज समाजसेवी जुगेश राई तथा टोलीद्वारा मदारीहाट वीरपाडा खण्ड अधिनस्त हण्टापाड़ाका युवा फुटवल खेलाडीहरूलाई फुटबल अनि क्रिकेट खेलाडीहरूलाई क्रिकेटका सामग्रीहरू प्रदान गरेका छन्| उक्त वितरण कार्यक्रममा विशेष रूपमा समाजसेवी जुगेश राई लगायत शिक्षक सबिन थापा, उमेश प्रधान, बिनेश राई, सुदर्शन बामन शर्मा आदिको उपस्थिति रहेको थियो भनी शिक्षक उमेश प्रधानले जानकारी गराएका छन्| यसरी हण्टापाड़ाका युवाहरूलाई माया गरि खेल सामग्री प्रदान गरेकोमा अभय मंगरले सम्पूर्ण युवावर्गको तर्फबाट जुगेश राई, सबिन थापा, बिनेश राई आदिप्रति कृतज्ञता प्रकट गरेका छन्|
आफूहरू नशामुक्त समाजको अभियानमा लागि परेको र यसरी युवा भाईहरूलाई खेल सामग्रीहरू वितरण गरि खेलप्रति प्रेरित गराउनु पनि यस अभियानको एउटा हिस्सा रहेको भनि समाजसेवी जुगेश राईले बताएका छन्|
याे पनि हेर्नुस्
